पत्रकार मञ्चको टुङगो भोलि निर्वाचनबाट हुने

0
1185

१६ पुस २०७४ 
दमक/झापाको माई पश्चिम क्षेत्रका पत्रकारहरुको साझा संगठन पत्रकार मञ्च दमकको कार्य समिति चयनका लागि भोलि निर्वाचन टुङ्गो लाग्ने भएको छ ।
हिजो दमकमा भएको नवौं बार्षिक साधारणसभा तथा चौथो अबिधेशनको बन्दसत्रबाट गठित निर्वाचन समितिले आज सो कार्यक्रम सार्वजनकि गरेको हो । ५६ सदस्य रहेको मञ्चलाई सहमतिका आधारमा कार्य समिति गठन गरिने प्रयास भए पनि सहमति हुन नसके पछि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको निर्वाचन समितिका प्रमुख अग्रज पत्रकार गञ्जबहादुर दाहालले बताउनु भयो ।
अध्यक्ष पदमा दुई प्यानलमा विभाजित भएका पत्रकारहरुबीच सहमति हुन नसके पछि निर्वाचनको तयारी गरिएको हो । भोलि विहान ८ बजे देखि १० बजेसम्म मनोनयन दर्ता, १० देखि साढे १० बजेसम्म दावी विरोध हुँदै अपरान्ह ४ बजे देखि ६ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिका सदस्य कमन देवान राईले बताउनु भयो । निर्वाचनमा प्रेश युनियन र संघीय प्रेस फोरम एउटा प्यानल लिएर निर्वाचनमा सहभागी हुँदैछन् भने बाम गठबन्धनका पत्रकारहरु अर्को प्यानलबाट निर्वाचनमा सहभागी हुँदैछन् । अध्यक्ष पदका लागि विष्णु सुव्बा र कृष्ण कार्कीको नाम अगाडि आएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here