पत्रकार मञ्चलाई नगरले सक्दो सहयोग गर्ने

सहयोग गरेको सट्टामा पत्रकारलाई दुरुपयोग नगर्न आग्रह

0
1245

सहयोग गरेको सट्टामा पत्रकारलाई दुरुपयोग नगर्न आग्रह
१५ पुस २०७४, डिकेश लामा
दमक/पत्रकारिता समाजको ऐना भएकोले यसको विकासमा नगरले सक्दो सहयोग गर्ने दमक नगर पालिकाकी उपमेयर तथा प्रबक्ता गीता अधिकारीले बताउनु भएको छ । 

आज दमकमा भएको चौथो बार्षिक अबिधेशन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि रहनु भएकी अधिकारीले सो कुरा बताउनु भएको हो । अधिकारीले पत्रकारहरुले समाजमा मानव संसाधान विकासमा दिशा निर्देशकको भूमिका निभाउने भएकोले दमक पत्रकार मञ्चलाई व्यवस्थित गर्न जग्गा देखि भवन निर्माणमा समेत सहयोग गर्ने बताउनु भयो । यता कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार

 महासंघ झापाका सचीव सन्तोष आचार्यले व्यवसायिक पत्रकारिताका लागि नगरले सहयोग गर्ने र सहयोग गरे वापत नकरात्मक तवरले पत्रकारलाई प्रयोग गर्न नमिल्ने बताउनु भयो । सचीव आचार्यले पत्रकार मञ्च दमकले गरेको पत्रकार सुद्धिकरण कार्य राम्रो भएको समेत बताउनु भयो । दमक पत्रकार मञ्चले यस पटक ३५ जना निष्क्रिय सदस्यलाई हटाएको छ भने २३ जना नयाँ सदस्य थप गरेको छ । कार्यक्रममा पत्रकार महासंघ मोरङ्ग शाखाका सह–सचीव सन्तोष राई, मञ्चका संस्थापक अध्यक्ष गञ्जबहादुर दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको छ । 

मञ्चले आज औपचारिक कार्यक्रम गरी बन्दसत्रबाट विधान संशोधान सहित १२ बँु

दे प्रस्ताव पारित गरेको छ । गञ्जबहादुर दाहालको संयोजनमा बनेको निर्वाचन समितिले भोलि १ बजे सम्म सहमतिका आधारमा नयाँ कार्य समिति चयन गर्ने र सहमति नभए निर्वाचनका प्रक्रृया अगाडि बढाउने गरी कार्यक्रम समापन भएको औपचारिक कार्यक्रममा सभापति मञ्चका निवर्तमान अध्यक्ष वि   ष्णु पोखरेलले बताउनु भयो । 

मञ्चको नयाँ कार्य समितिको अध्यक्ष पदका लागि विष्णु सुव्बा र कृष्ण कार्कीको नाम आएको निर्वाचन समिति सदस्य कमन देवानले बताउनु भयो । अध्यक्ष पदमा सहमति भए अन्य पदका लागि सहमति हुन सक्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here