जेष्ठ नागरिकले गरे ३ सय १७ जनाको निशुःक उपचार

0
1169

१५ पुस २०७४, डिकेश लामा
दमक/जेष्ठ नागरिक सम्मान प्रष्तिठान नेपालको आयोजनामा दमकमा आज ३ सय १७ जनाले मुटु सम्बन्धी निशुल्क जाँच तथा उपचार गरेका छन् । 

वीपी मेमोरिय स्वास्थ्य विज्ञान प्रष्तिठान धरानको सहयोगमा दमक तथा पूर्वी नेपालका विभिन्न स्थानका विरामीहरुले उपचार सेवा लिएको प्रतिष्ठानका अध्यक्ष सिताराम खतिवडाले बताउनु भयो ।
धरान घोपाका मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहको संयोजनमा आउनु भएका १४ जना स्वास्थयकर्मीको टोलीले प्रष्तिष्ठानका कार्यालयमा उपचार सेवा गरेको टोलीले जानकारी दिएको छ । स्वास्थ्य उपचारमा इलाम, पाँचथर, मोरङ्गसम्मका जेष्ठ नागरिक विरामीहरुले सेवा लिएको बताइएको छ । उपचारमा इसीजी, मुटुको इको, सुगर परिक्षण र मुटु सम्बन्धीका औषधीहरु निशुल्क वितरण गरिएको बताइएको छ । निशुल्क उपचारमा लगातार ३ बर्ष देखि सहयोग गर्दै आएको टालीलाई पशुपति ढाका उद्योगका कृष्ण राधा ढुङ्गाना दम्पतिले ढाका टोपी लगाएर सम्मान समेत गरेको प्रतिष्ठानका सदस्य भिमराज बेघाले बताउनु भयो । प्रतिष्ठानले यस अघि वीपी मेमोरिय स्वास्थ्य विज्ञान प्रतिष्ठानकै सहयोगमा गत पुस १ गते ५६ जनाको मोती विन्दुको निशुल्क अप्रेशन तथा उपचार गरेको थियो । २५ सय साधारण जेष्ठ नागरिक सदस्य रहेको प्रतिष्ठानले खास गरी बृद्धबृद्धाको रेखदेख र स्वास्थ्य परिक्षणमा उल्लेख्य कार्य गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here