संचार माध्यमको अवलोकन गर्न विधार्थी

विधार्थीले सोधे कभरेज र चुनौतीबारे

0
1576

विधार्थीले सोधे कभरेज र चुनौतीबारे

पौष १४ गते,२०७४

दमक/   झापाको दमकमा संचालित युनिक कलेजमा अध्ययनरत आमसंचार र पत्रकारिता विषय २१ जना विधार्थीले आज दमकमा संचालित केही संचार माध्यमको अवालोकन गरेका छन् । अवलोकनको क्रममा संचार माध्यमहरुले भोग्नु परेको चुनौती र कभरेजको बारेमा विधार्थीले जिज्ञासा राखेका छन् । 

पछिल्लो समय बढ्दै गएको प्राविधिक विकास सँगसँगै मोफसलमा संचालित संचार माध्यमहरुको अवस्थाबारे बुझ्न र विधार्थीमा अभ्यासगत ज्ञानका लागि अवलोकन गरेको कलेजका विषयगत प्राध्यापक तथा संचारकर्मी ग्लोवल पोष्टका नेपाल सम्पादक डिकेश लामाले बताउनु भयो ।

पत्रकारिताका विधार्थीले प्रसारण माध्यम अन्तर्गत सप्तरङ्गी एफएम र छापा माध्यममा पूर्व सन्देश दैनिकको अवलोकन गरेका छन् । अवलोकनको क्रममा सप्तरङ्गी एफएमका प्रवन्ध निर्देशक गिरीराज भट्टराई, स्टेशन सहायक रोमन लामिछाने र पूर्व सन्देशका प्रधान सम्पादक गञ्जबहादुर दाहालले विधार्थीहरुको जिज्ञासालाई प्रष्टाएउनु भएको थियो । अवलोकनको क्रममा नेपालमा बढ्दै गएको चुनौती मध्ये दक्ष जनशक्तिको अभाव पनि एक भएकाले पत्रकारिता अध्ययन गर्ने विधार्थीको उत्पादनले भावी दिनमा पत्रकारिता थप मर्यादित र व्यवस्थित हुने सम्पादक दाहालले बताउनु भयो । 

सोधपुछका क्रममा विधार्थी जिवन राईले पत्रकारितमा हुने राजनैतिक हावी तथा धम्कीको बारेको जिज्ञासामा दाहालले आफूले ४३ बर्ष देखि गरेको पत्रकारितामा पटक पटक त्यस्ता धम्की व्यहोरदै आएको बताउनु भयो । विधार्थीहरुले एफ एम र पत्रिकाको कभरेज क्षेत्रबारे समेत जानकारी लिएको अवलोकन टोलीमा सहभागी क्याम्पस प्रमुख लेखनाथ सेढाइले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here