अन्तराष्ट्रिय कराते प्रतियोगितामा भूटान तेस्रो

भूटानको नाममा भूटानी शरणार्थी खेलाडीले प्रतिष्ठा बढाए

0
3979

भूटानको नाममा भूटानी शरणार्थी खेलाडीले प्रतिष्ठा बढाए

 
पौष १४ गते, २०७४
दमक/ नेपालको धनगढीमा भएको आठौं अन्तराष्ट्रिय च्याम्पियनशीप चराते खेल प्रतियोगितामा भूटानको प्रतिनिधित्व गरी सहभागी भूटानी शरणार्थी खेलाडीहरुले ६ वटा स्वर्ण र ३ रजत सहित तेस्रो स्थान प्राप्त गरेका छन् । विहीबार सम्पन्न खेल प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगालादेश र भूटानको सहभागितामा ४ सय २३ जना खेलाडीबीच प्रतिस्पर्धा भएको भूटान कराते संगठनका प्रशिक्षक डम्बर मुखियाले बताउनु भयो ।

नेपाल गोजुरियो कतारे डो युजेनकाई संघ ७ नम्बर प्रदेश नम्बरको आयोजनामा भएको खेल प्रतियोगितामा प्रथम हुने नेपालले २३, दोस्रो भारतले ९ र तेस्रो भूटानले ६ वटा स्वर्ण हात पारेका छन् । यता चौथो स्थानमा रहेको बंगालादेशले २ स्वर्ण हात पारेको छ । यसैगरी टीम कुमुदे तर्फ नेपाल एपीएफ क्लव पहिलो, सुदुर पश्चिामाञ्चल दोस्रो र पूर्वाञ्चल टीमले तेस्रो स्थान हात पारेका छन् । टीम कुमुदे तर्फ पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टिमले नगद रु ५१, ३१ र २१ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरेको खेल संयोजक तथा कैलाली जिल्ला खेलकुद परिषदका प्रशिक्षक प्रकाश कुमार चन्दले जानकारी दिनु भयो ।

११ जना थोरै खेलाडीको साथमा पुगेका भूटान कराते संगठनले प्राप्त गरेको ६ स्वर्ण उपाधी पहिलो जतिकै भएको भूटान कराते संगठनका प्रशिक्षक डम्बर मुखियाले जानकारी दिए । यस अघि भूटानी शरणार्थी खेलाडीले भारत र नेपाका अन्य स्थानमा भएका खेलमा समेत दोस्रो र तेस्रो स्थानमा प्राप्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here