चिनियाँ टोलीद्वारा दमकको औद्योगिक क्षेत्रको अवलोकन

३ देखि ४ महिनामा शिल्यान्यास गर्ने तयारी

0
2808

३ देखि ४ महिनामा शिल्यान्यास गर्ने तयारी
  दमक/ झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको आज चीनको एक उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको छ । टोलीले दमक नगरपालिका १० स्थित प्रस्तावित औद्योगिक क्षेत्रको चार वटा ब्लकमध्ये ‘ए’ ब्लकको स्थलगत अवलोकन गरेको हो । यस अघि नै धेरै चरणका कार्यहरु भईसकेकोले ३ देखि ४ महिनामा शिल्यान्यास गर्ने तयारी गरेको सो कार्यमा शुरुवात देखि नै कार्य गर्दै आउनु भएका दमक नगर पालिकाका कार्यकारी अधिकृत युवाराज दाहालले बताउनु भयो ।
चीन सरकारले ‘वान रोड वान बेल्ड’ (ओबर) अन्तर्गत दमकमा औद्योगिक क्षेत्र बनाइदिने भएको हो । उक्त परियोजनाको बिस्तृत अध्ययनका लागि चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीहरु स्थलगत अवलोकनमा आएका हुन् । ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको टोलीले स्थलगत अवलोकन गरेको हो । उक्त टोलीलाई दमक नगरपालिकाले भब्य स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै लिउ रुपेङले दमकमा स्थापना हुने औद्योगिक क्षेत्रले नेपालको आर्थिक क्रान्तिलाई सफल बनाउने बताउनु भएको छ । उनले यो क्षेत्रले चीन र नेपालको सम्बन्धलाई लगानीको हिसाबले पनि बलियो बनाउन चाहेको बताउनु भयो ।
कार्यक्रममा नेपालको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, इन्डस्ट्रिज पार्कका अध्यक्ष गोविन्द थापा समेतले मुलुकको आर्थिक समृद्धिको एजेण्डालाई कार्यान्वयनका लागि पनि यो औद्योगिक क्षेत्रको निर्माण जरुरी रहेको बताउनु भयो ।

चिनियाँ टोलीले मंगलबार र बुधबार गरि दुई दिनमा राजधानीमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उद्योग मन्त्री सुनीलबहादुर थापा, सचिव यमकुमारी खतिवडा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीलगायतका उच्च अधिकारीहरुलाई भेटगरि छलफल गरेको थियो । बिहीबारको अवलोकनपछि यहाँ स्थापना गर्न सकिने उद्योगहरु, भौतिक पूर्वाधार विकासलगायत विषयमा थप छलफल हुने बताइएको छ ।

ओबर अन्तर्गत चीन सरकारले तीन खर्ब ३३ अर्बको लागतमा औद्योगिक पार्क बनाइदिने सम्झौता यसअघि नै भइसकेको दमकका कार्यकारी अधिकृत युवराज दाहालले बताउनु भएको छ । दाहालका अनुसार दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाको २२ सय बिघा क्षेत्रफलमा औद्योगिक पार्क बनाउने प्रक्रिया अघि बढेको हो । उनका अनुसार पार्क निर्माणका लागि अहिलेसम्म ५ सय ४२ बिघा जग्गा प्राप्त भईसकेको छ । बाँकी जग्गा प्राप्तिको लागि अधिग्रहणको काम भइरहेको बताउनु भयो ।
चिनियाँ टोलीले मंगलबार र बुधबार गरि दुई दिनमा राजधानीमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उद्योग मन्त्री सुनीलबहादुर थापा, सचिव यमकुमारी खतिवडा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीलगायतका उच्च अधिकारीहरुलाई भेटगरि छलफल गरेको थियो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here