१० बर्ष अघि १२ सय घर खरानी भए तर अव हुन दिनु हुँदैन

भूटानी शरणार्थीमा आगलागी सम्बन्धी सचेतना शुरु 

0
5393

भूटानी शरणार्थीमा आगलागी सम्बन्धी सचेतना शुरु  
पौष ११ गते, डिकेश लामा
बेलडाँगी/ “ठिक १० बर्ष अघिको कुरा हो । चैत्र महिना सुख्खा मौषम । त्यही माथि हावा चलेको दिन । त्यो दिन थियो चैत्र १० गते २०७४ साल । भूटानी शरणार्थीको इतिहासमा कहिल्यै विर्सन नसकिने पीडादायिक घटना । फेरि त्यस्तो कहिले नहोस् ।” यो आगलागी सम्बन्धी छलफलमा प्रायश भईरहने कुराकानी र विषय हो । 

अगुल्ठोले हानेको कुकुर विजुली चम्कदाँ पनि तर्सन्छ भने झैं बर्षातको समय सकिएर सुख्खा मौषमको शुरुवात शुरु हुन साथ प्रायश धेरै भूटानी शरणार्थीहरुको मनमा आगलागीको पीडाले सताउने गर्छ । तर यस वर्ष भूटानी शरणार्थीको सुरक्षामा खटिएको शसस्त्र प्रहरी सुरक्षा वेशले वेलैमा आगलागी तथा विपत व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ ।
भूटानी शरणार्थीहरुको बाक्लो बसाईमा पटक पटक आगलागीका ठूल्ठूला घटनाहरु भईरहेका हुँदा घटना नियन्त्रणका लागि सचेतना सम्बन्धी कार्यक्रम शुरु गरिएको शसस्त्र प्रहरी सुरक्षा वेश वेलडाँगी २ र ३ ले जानकारी दिएको छ । भूटानी शरणार्थीहरुको सुरक्षार्थ रहेको वेश क्याम्पमा केन्द्रको निर्देशन अनुसार विधालयका विधार्थी, क्लव, शिविर व्यवस्थापनका अगुवाहरुलाई लक्षित गरी सचेतना शुरु गरिएको सचेतना कार्याक्रमका सहजकर्ता शसस्त्र प्रहरी निरीक्षक जयन्त सिंह डडालले बताउनु भयो । दैवी प्रकोप सम्बन्धी तालिम लिनु भएका डडालले आज भूटानी शरणार्थी शिविर वेलडाँगी २ मा रहेको त्रिरत्न माध्यामिक विद्यालयका १ सय ३० जना विधार्थीलाई सचेतनाको कक्षा संचालन गरेको बताइएको छ । सचेतना कार्यक्रममा आगलागी हुन नदिन के गर्ने र भएमा कसरी नियन्त्रण गर्ने जस्ता विषयमा जानकारी दिने गरिएको बताइएको छ । यसै गरी दुर्घटना न्यूनिकरण र विपत व्यवस्थापन कसरी गर्ने विषयमा समेत जानकारी गराइएको तालिमका सहजकर्ता श.प्र.नि.डडालले बताउनु भयो । 

यस अघि भूटानी शरणार्थी शविरभित्र भएका पटक पटकका भिषण आजलागीले करौडौं मुल्य बराबरको धनमाल डढेर खरानी भएका छन् । भूटानी शरणार्थीको इतिहासमा वि.सं. २०६४ साल चैत्र १० गते गोल्धाप शिविरमा भिषण आगलागी हुँदा १२ सय भन्दा धेरै घरहरु जलेर ध्वस्त भएका थिए भने ३ हजार ७ सय हाराहारीका भूटानी शरणार्थीहरु घरविहीन हुन पुगेका थिए । अव पुन यस्ता घटना हुन नदिन सवैले वेलैमा सोच्ने हो की ?  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here