शरणार्थीले मनाए भूटान राष्ट्रिय दिवशः देशले होइन शासकले खेदाए

भूटानको नाम उच्च राख्न योगदान दिने २८ जनालाई सम्मान

0
4546

भूटानको नाम उच्च राख्न योगदान दिने २८ जनालाई सम्मान
डिकेश लामा/ २ गते पौष, २०७४ 
बेलडाँगी/ देशका शासकले खेदाएका हुन् देशले हौइन भन्दै आज भूटानी शरणार्थीहरुले आफ्नो देशको सम्झना गरेका छन् । १ सय १० औं भूटान राष्ट्रिय दिवशको अवसरमा भूटानी शरणार्थीहरुले विविध कार्यक्रम गर्दै देश प्रतिको माया र राष्ट्रियता देखाएका हुन् ।
नेपाल सरकार प्रतिनिधि शिविर सुपरिवक्षेक सुरेन्द्र दाहालको प्रमुख आथित्यमा भएको कार्यक्रममा भूटानको नाम उच्च राख्न विशेष योगदान दिने ५ जना करातेका प्रशिक्षक सहित २८ जना अन्तराष्ट्रिय उपाधी विजेता खेलाडीलाई सम्मान गरिएको छ । भूटान र नेपालको राष्ट्रिय गीत बजाएर शुरु गरिएको कार्यक्रममा पूर्वाञ्चल कराते वरिष्ठ प्रशिक्षक मदन उप्रेती, कराते संघ इलामका अध्यक्ष तथा अन्तराष्ट्रिय रेफ्री योगेश चाम्लिङ्ग, भूटान कराते संगठनका प्रशिक्षक डम्बर मुखिया, झापा जिल्ला बरिष्ठ कराते प्रशिक्षक विष्णु नेम्बाङ्ग र दमक कराते प्रशिक्षक रेशा लिम्बुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ । यसैगरी भारत र नेपालका विभिन्न स्थानमा फरक फरक मितिमा भएका अन्तराष्ट्रिय स्तरको खेलमा स्वर्ण उपाधी जित्ने विभिन्न तौल समूहका १०, रजत तर्फ ६, कास्य तर्फ ४ र काता तर्फ ३ गरी २३ खेलाडीलाई सम्मान पत्रले सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि शिविर सुपरीवेक्षक दाहालले आफ्नो देशबाट लखेटिएका भूटानी शरणार्थीले राष्ट्र प्रति गरेको माया देखेर तत्काल भूटानले फर्काउने व्यवस्था गर्न सरोकारवाला निकायले पहल गर्नु पर्ने बताउनु भयो । दाहालले भन्नु भयो,“देश प्रतिको माया भूटान मै बस्ने यति नर्गालान् तर शरणार्थी जिवन विताउँदै आएका भूटानीहरुले गर्नु हुँदो रहेछ । 

कार्यक्रममा दमक वडा नं. ३ का वडा अध्यक्ष नविन बराल, पूर्व सचीव युवराज राई, राजमान गुरुङ्ग, चिरञ्जीवि राई, सामुदायिक सञ्जालका अध्यक्ष नैनसिंह भण्डारी, पथरी शनिश्चरेका शिविर सचीव म्पासिंह राई, बेलडाँगी शिविरका सचीव टिकाराम रसाईली र सम्मानित व्यक्तित्व योगेश चाम्लिङ्ग, तारा प्रधान लगायतले देश प्रतिको माया भूटानीहरुले कहिले नविर्सने र भूटानको नाम विश्व भर फैलाईरहेको बताउनु भयो । कार्यक्रममा शसस्त्र प्रहरी निरीक्षय जयन्त ढडाल, खेश प्रशिक्षक नविन तामाङ, विमल श्रेष्ठ लगायत सामजिक तथा शिविर क्षेत्रका अगुवाहरुको उपस्थिति रहेको थियो । शिविर सचीव टिकाराम रसाइलीको सभापतित्वमा भएको कार्यक्रममा खेलाडीले पेटमा मोटर साईलक कुदाउने, किकले घैला फुटाउने, गीत, नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रम रोहित महतले बताउनु भयो । यसैबीच यता भूटान राष्ट्रिय मेलमिलाप समिति तथा भूटानी शरणार्थी जेष्ठ नागरिक स्वदेश फिर्ती समितिले तत्काल बाँकी रहेका इच्छुक भूटानीहरुलाई आफ्नो देश फर्काउँन कार्याक्रम स्थलमा व्यानर राखेर माग गरेका छन् ।  

 

 

 

 

See live video story by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here