शरणार्थी समस्या समाधानका लागि अन्तिम विकल्प खोज्नु पर्ने

क्यारिटसले मनायो रजत जयन्ति 

0
4221

क्यारिटसले मनायो रजत जयन्ति 
डिकेश लामा, मंशीर २९ गते
    बेलडाँगी/ भूटानी शरणार्थीहरुको समस्या समाधानका लागि अन्तिम विकल्पको खोजी गर्न नेपाल सरकारले सहयोग गर्नु पर्ने बताइएको छ । क्यारिटस नेपालको आयोजनामा आज वेलडाँगीमा भएको रजत जयन्ति कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सहित राजनैतिक तथा सामाजिक अगुवाहरुले सो कुरा बताउनु भएको हो । कार्यक्रममा लामो समय भूटानी शरणार्थीहरुका शिक्षा क्षेत्रमा योगदान दिने २ सय जनालाई सम्मान समेत गरिएको छ । भूटानी शरणार्थीहरुलाई शिक्षा क्षेत्रमा रेखदेख गर्दै आएको संस्था क्यारिटस नेपालको २५ बर्ष पुगेको अवसरमा रजत जयन्ती विशेष कार्यक्रममा शरणार्थीहरुको विषयसँग जोडिका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।   

     कार्यक्रममा क्यारिटस नेपालका पूर्व फादर, अफिसर, सामाजिक अगुवा, पूर्व तथा बर्तमान शिविर सचीवहरु, स्थानीय क्षेत्रका राजनैतिक अगुवा, शिक्षक, उत्कृष्ट विधार्थी लगायतलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको क्यारिटस नेपालका शिक्षा क्षेत्रका संयोजक एलएन पोखरेलले बताउनु भयो ।
भूटानी शरणार्थी शिविर वेलडाँगी २ मा रहेको त्रिरत्न माध्यामिक विधालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रम्ख अतिथि झापा जिल्लाका प्रमु्ख जिल्ला अधिकारी रिशीराम तिवारीले भूटानी शरणार्थीहरको समस्या समाधानका लागि नेपाल सरकार समक्ष आग्रह गर्ने बताउनु भयो ।

     यसैबीच कार्यक्रमका अतिथिहरु जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, झापा जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल, दमक नगर पालिकाका मेयर रोमनाथ ओली, उपमेयर गीता अधिकारी, पथरी शनिश्चरेका मेयर दिलिप राई, मोरङ्ग जिल्लाका जिल्ला शिक्षा अधिकारी दिला नाथ पुरी लगायतले शरणार्थीहरुको समस्या समाधानमा नेपाल सरकारको सहयोगमा अन्तिम विकल्प खोजी गर्न सहयोग गर्ने बताउनु भयो । यसैबीच अमेरिकामा भूटनीज समूदाय संस्थाका संयोजक दिलीप दाहाललाई भूटानी शरणार्थी विधालयमा अध्ययन गरी उच्च प्रगति गरे वापत सम्मान गरिएको छ । यता दाहालले सो कार्यक्रम सहयोगार्थ नेपाली नगद ५० हजार समेत स्टेजबाटै दिएको घोषणा गर्नु भयो । दाहालले भूटानीहरुको समस्या समाधानका लागि आफूले समेत पहल गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here