ओलीलाई ४० केजीको माला, माला लगाउँदा हाँसे सयौं सहभागीहरु

0
2741

माला जस्तै ठूलो जिम्मेवारी निभाउने ओलीको प्रतिबद्ता 
डिकेश लामा/ २६ मंसीर २०७४
दमक/ पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीलाई आज दमकमा ४० केजीको मालाले सम्मान गरिएको छ । हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनबाट झापाको क्षेत्र नं. ५ बाट ५७ हजार १ सय ३९ मत ल्याएर अध्याधिक मतले विजयी बन्नु भएका ओलीलाई अव देशको जिम्मेवारी ठूलो भएको भन्दै ठूलो माला पहिरन गरेको दमक नगर पालिकाका मेयर रोम ओलीले बताउनु भयो । कार्यक्रममा बोल्दै ओलीले अवको जिम्मेवारी ठूलो माला जस्तै ठूलो रहेको बताउनु भएको छ । आज दमकमा विभिन्न कार्यक्रम सके पछि सहभागी हुनु भएको सम्मान स्वागत कार्यक्रममा बोल्दै ओलीले सो कुरा बताउनु भएको हो । दमक नगर पालिकाले क्षेत्र नं. ५ बाट अध्याधिक मत ल्याएर भर्खरै विजयी बन्नु भएका ओलीलाई ४० केजीको माला लगाएर सम्मान गरेको उहाँ प्रेश संयोजक चेतन अधिकारीले बताउनु भएको छ । सम्मान कार्याक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नु भयो, “अवको दिनमा जनता र देशका लागि ठूलो जिम्मेवारी रहेको छ तर त्यसलाई म जसरी भए पनि पूरा गर्छू ।” ओलीले दमकलाई हरित, स्वास्थ्य, गरिबीमुक्त र सुरक्षित बनाउँन लागी पर्ने समेत बताउनु भयो ।
अति ठूलो माला पहिरन गर्दा धेरै दर्शकहरुले हाँसो समेत निकालेका छन् । कार्यक्रममा एमालेका पोलिट व्यूरो सदस्य तथा पूर्व कानुन मन्त्री अग्नी खरेल, क्षेत्र नम्बर ५ बाट प्रदेशसभा सदस्यमा विजयी बन्नु भएका अर्जुन राई, हिक्मतकुमार कार्की र कार्याक्रमका प्रमुख अतिथि समेत रहनु भएका ओलीको धर्म पत्नि राधिकार शाक्यलाई फुलको मालाले सम्मान गरिएको छ ।
आज नेकपा एमालेका अध्यक्ष ओली र नेकपा एमालेको अग्रपंक्तिका नेतृत्व सहितको टोलीले गौरीगञ्ज, गौरादह र दमक नगर पालिकाका विभिन्न ६ वटा वडाहरुमा भएका स्वागत सम्मान कार्याक्रममा सहभागी हुनु भएको छ ।

see live Video

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here