दुई देशका प्रधानमन्त्रीलाई शरणार्थीको पत्र

0
2870

मानव अधिकार दिवशको अवसरमा वेलडाँगीमा विविध कार्यक्रम
डिकेश लामा/ २५  मंसिर २०७४

बेलडाँगी/ ६९ औं विश्व मानव अधिकार दिवशको अवसर पारेर भूटानी शरणार्थीहरुले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएका छन् । 
२५ बर्षको लामो बसाई सकिदा समेत स्वेदश फर्कन पाउने मानव अधिकारको रक्षार्थ अहिलेसम्म केही नभएको प्रति भारत र नेपालमा रहेका भूटानी शरणार्थीहलाई स्वदेश फिर्तीका लागि पहल गर्न माग गर्दै इमेल र हवाई कुरियर मार्फत पत्र पठाइएको भूटान राष्ट्रिय मेल मिलाप समितिलेका अध्यक्ष कृष्णविर तामाङले बताउनु भएको छ ।
पत्रमा सन् १९९० देखि लखेटिएका दक्षिण भूटानी ना   गरिकलाई भारत सरकारले शुरुको चरणदेखि नै असहयोग गरेको कारण आज धेरै भूटानीहरुको अवस्था विचल्नीमा परेको समेत उल्लेख गरिएको छ । लामो समय देखि भारत भूटानबीचको सम्बन्ध राम्रो भएकोले उचित पहल कदमी चाल्न आग्रह समेत गरिएको छ । पत्रमा मानव अधिकारको रक्षाका निम्ति भए पनि भारत सरकारले नेपाल सरकार र अन्य सँयुक्त राष्ट्र संघीय देशका समन्वयमा स्वदेश फर्कन चाहाने भूटानी शरणार्थीलाई देश फिर्तीको नैसर्गिक अधिकारलाई कार्यन्वयन गर्न आग्रह गरिएको छ ।
यस विषयमा भूटानी शरणार्थी शिविर वेलडाँगीमा हिजो

 

भएको विश्व मानव अधिकार दिवशको अवसरमा स्वदेश फिर्तीको माग गर्दै व्यानर, पम्प्लेट सहित सरोकारवाला निकायका उच्च पदाधिकारीको ध्यानाकर्षण गर्ने कार्य गरिएको जेष्ठ नागरिक स्वदेश फिर्ती समितिका प्रवक्ता तथा सहसंयोजक सन्तविर घलेले बताउनु भयो । कार्याक्रममा पूर्व सचीवहरु सन्चहाङ्ग सुव्बा, युवराज राई, धनविर सुव्बा, नारदमुनी सन्यासी, हर्कजंग सुव्बा, चिरञ्जीवि राई र राजमान गुरुङ्गलाई शिविर क्षेत्रमा लामो समय नागरिकको हितमा निस्वार्थ कार्य गरे वापत दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ । शिविर सचीव टिकाराम रसाईलीको सभापतित्वमा भएको कार्यक्रममा मानव अधिकार र लैंगिक विभेद विषयमा नाटक, गीत, नृत्य समे प्रस्तुत गरिएको छ । नेपाल सरकार प्रतिनिधि शिविर सुपरीवेक्षकको प्रमुख आथित्यमा भएको कार्यक्रममा शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च आयोग दमक शाखाका प्रमुख आन्ना पेलोसीले मानव अधिकार रक्षामा सवैको भूमिका र दायित्व हुुनु पर्ने बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here