भूटानी शरणार्थीलाई बाहिर निस्कन प्रतिवन्ध

ननिस्कन उर्दी जारी

0
5770

डिकेश लामा/ २१ मंसीर २०७४
दमक/ भूटानी शरणार्थीहरुलाई शिविर बाहिर निस्कन प्रतिवन्ध गरिएको छ । आज भईरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै भूटानी शरणार्थीहरुलाई शिविर वाहिर निस्कन प्रतिबन्ध गरिएको छ । नेपाल सरकार र शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च आयोगको समन्वयमा शिविर व्यवस्थापन समितिले आवात जावत बन्द गरेको शिविर सचीव टिकाराम रसाईलीले बताउनु भयो ।
हिजो वेलुका ५ बजे देखि आज बेलुका ५ बजेसम्मका लागि भूटानी शरणार्थीलाई शिविर भन्दा बाहिर ननिस्कनका लागि सूचना जारी गर्दै कडाई गरेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
शिविर क्षेत्र नजिक चुलाचुली निवामि र सरस्वती निमाविका दुईवटा मतदान केन्द रहेका छन् । चुनावी सुरक्षामा प्रभाव पर्ने भन्दै भूटानी शरणार्थीलाई बाहिर निस्कन प्रतिवन्ध गरिएको शसस्त्र प्रहरी सुरक्षा वेश वेलडाँगीले जानकारी दिएको छ । शिविर क्षेत्रमा आवातजावत बन्द गरे पछि सो क्षेत्र सुनसान बनेको छ ।

See live video story by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here