उद्यौली पर्ब विश्वभर विशेष कार्यक्रमका साथ मनाइयो

खोटाङ्ग र दिक्तेलबाट पूर्खाले शुरु गरेको सँस्कृति

0
4396

खोटाङ्ग र दिक्तेलबाट पूर्खाले शुरु गरेको सँस्कृति

  
डिकेश लामा/ १७ मंसिर २०७४
दमक/ प्रकृति पुजक भनेर मानिने किरातीहरुले आफूहरुको महान चाड साकेलाको उद्यौली पर्बलाई आज देश विदेशमा एक साथ मनाएका छन् । संघीय लोकतान्त्रिक गणतान्त्रत्मक संविधानको मौलिक हक अन्तर्गत धारा ३२ मा भाषा तथा सँस्ृकतिको हकलाई ग्यारेन्टी गरेसँगै किरातीहरुले अझ यस पर्वलाई हर्षोल्लासका साथ मनाउँन थालेका छन् ।


यसैबीच किराती समूदायको महान चाड साकेलाको उद्यौली पर्व आज दमकमा विशेष कार्यक्रमका साथ सम्पन्न गरिएको छ । हरेक बर्ष मंसीर पूर्णिमाका दिन हिउँद यामको शुरु भएको र यस अवस्थामा बस्तुभाऊ चराचुरुङ्गी वेशी तिर सर्ने वा सारिने गरेको किराँती मान्यता रहेको छ । यता यस पर्वलाई बर्ष भरी लगाइएका विशेष अन्नपात थन्काउने र न्वागी गरी पूजा पाठ गरिने चलन रहेको किरात राई यायोक्खा दमक नगरका उपाध्यक्ष धन जित राईले बताउनु भयो ।

उद्यौली पर्वको अवसरमा आज दमकमा रहेको साकेला थानमा पूजाआज गरिनुका साथै नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको प्रतिमा क्षेत्रमा साकेला नृत्य तथा अराधना समेत गरिएको किरातीहरुका साँस्कृतिक अगुवा रामकुमार राईले बताउनु भयो । यो पर्व विशेष गरी खोटाङ्ग र दिग्तेल क्षेत्रबाट पुर्खाहरुले मनाउन शुरु गरिएको र यो नेपलमा मात्र नभएर अहिले विश्वमा छरिएका किरातीहरुले मनाउने गरेको किराती अगुवा कमल राईले बताउनु भयो ।
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले धारा ३२ मा मौलिक हकको रुपमा भाषा तथा सँस्कृतिको हकलाई ग्यारेन्टी गरेसँगै सवै जातजातिका संस्कार सँस्कृतिको संरक्षणमा थप टेवा पुग्ने बुद्धिजीविहरु बताउनु हुन्छ ।

See live video report by Dikesh lama

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here