१० मुलुकको झण्डा फहराउँदै शिविरमा ३ दिने विशेष कार्यक्रम सम्पन्न

धार्मिक एकता र सद्भावको विकास बढ्दै

0
2894

धार्मिक एकता र सद्भावको विकास बढ्दै 
डिकेश लामा/ ०८ मंसिर २०७४
बेलडाँगी/ विश्वका १० मुलुकको झण्डा फहराउँदै विश्वमा रहेका नेपाली भाषी भूटानी तथा धर्मावलम्भीहरुको शान्ति तथा मंगलभावको कामना सहित भूटानी शरणार्थी शिविर वेलडाँगीमा ३ दिने विशेष कार्याक्रम आज सम्पन्न भएको छ । 
भूटानी शरणार्थी शिविर क्षेत्रमा स्थापना भएका चर्चहरुको २५ बर्ष पुगेको उपलक्ष्यमा भूटानी शरणार्थी शिविर इसाई समूदायले विश्व जगतको मंगलभावको कामना सहित त्रिदिवशीय रजत जयन्ती मनाउँदै सो क्रार्यक्रम गरिएको क्रिश्चियन समूदायका अध्यक्ष जोनाथन राईले बताउनु भयो । खासगरी भूटानीहरु पुनर्वास भएका ८ ओटा मुलुक, नेपाल र भूटानको कामना गर्दै गरिएको कार्यक्रममा विविध धर्म र समूदायको सहभागिताले धार्मिक सहिष्णुता र सद्भाव वढ्दै जाने कार्यक्रमका बक्ताहरुले बताउनु भएको छ ।
भूटानी क्रिश्चियन समूदाय अध्यक्ष राईको सभापतित्वमा भएको कार्याक्रमा भूटानमा पहिलो पटक क्रिश्चियन समूदायको प्रचार तथा स्थापना गर्ने पास्टर पीएस तिङ्वोका परिवार, नेपाल सरकार प्रतिनिधि, यूएनएचसीआर, विश्व लुथरन फेडरेशन, टिपीओ नेपाल, विश्व खाद्य कार्यक्रम, नेपालबार एशोसियशन, क्यारिटस नेपाल, भारतका अगुवा पास्टरहरु अनिल सुब्बा, सुरेन खवास, टिङ्वो, क्रिश्चियन समाज अग्रज लगायतलाई उच्च योगदान गरे वापत ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको छ । 

कार्यक्रममा देश विदेशमा रहेका विभिन्न ३ दर्जनको हाराहारीका चर्च तथा संघ संस्थाले सहयोग गरेको प्रति संस्थाको शुभकामना समेत भिडियो मार्फत प्रस्तुत गरिएको शिविर सचीव कार्यक्रम संचालक सदस्य टिकाराम रसाईलीले बताउनु भयो । कार्यक्रममा अमेरिका, अफ्रिका, भूटान, भारत र नेपालका विभिन्न स्थानबाट आउनु भएका मण्डलीले प्रवचन, नृत्य, गित समेत प्रस्तुत गरेका छन् । कार्यक्रममा    देश विदेशका पास्टरहरु तथा लिडर अनिल सुव्बा, टिङबो, पाउल राई, भिश्मा विष्ट, स्टेफेन तामाङ, नरमित, पुर्णबहादुर कुँवर, दिपक क्षेत्री, टिकाराम रसाईली, भिव देवा,कैलाश क्षेत्री, मरजित मैते, राधाकृष्ण बस्नेत, सरिता लिम्बु, प्रकाश राई, जितेन राई, सोनाम भूटिया, शुकबहादुर तामाङ, चन्द्र राई, कृष्ण गुरुङ्ग, कुमारी लिम्बु लगायतले प्रवचन तथा प्रार्थना हरफ वाचन गर्नु भएको थियो ।
कार्याक्रमलाई ३ सम्म भूटानी समूदायले अमेरिकाबाट संचालन गरेको ग्लोवल पोष्ट इनफो टीभी यूट्युव च्यानलले प्रत्यक्ष प्रसारण गरेको छ ।

See live video story By Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here