विश्वदर्शन-शास्त्र दिवस २०१७ सम्पन्न

0
1023

विश्वदर्शनशास्त्र दिवस २०१७ को अवसर पारेर मनोविज्ञान तथा दर्शाशास्त्र विभाग, त्रिचन्द्र क्याम्पसमा “राज्यराष्ट्र वा राष्ट्रराज्य : नेपाली परिपेक्षमा” विषय प्रवचन गोष्ठी सम्पन्न भयो |
उक्त कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका सह प्राध्यापक डा. माधव प्रसाद पाण्डे, थाहा दर्शन अध्ययन प्रतिष्ठानका महासचिव तथा राजनैतिक कर्मी रामनारायण विडारीले आफ्ना विचार प्रस्तुत गर्नुभयो भने काठमाडौँ विविका डा. निर्मलमणि अधिकारीले दूबैका विचारहरूमा टिप्पणी गर्नुभयो |
प्रथमवक्ताले राज्यराष्ट्र र दोस्रो बक्ताले राष्ट्रराज्यको महत्व राख्नु भयो | प्राडा माधवप्रसाद पाण्डेले वेदका ऋचाहरू उद्धरण गर्दै राज्यराष्ट्र नेपालको आफ्नो मौलिक रैथाने राज्यप्रणाली भएको र हरेक नेपालीले आफ्नो रैथाने सिद्धान्तका लागि काम गरे नेपालीहरूको कल्याण हुने जिकिर गर्नुभयो भने पू. सांसद रामप्रसाद विडारीले थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको परिचय दिंदै थाहाको अर्थ समेत प्रकासित पर्नुभएको थियो | यसक्रममा उहाँले शिर्षकमा वहस गर्दै नेपाल राष्ट्रराज्य भएको तर यसले पूर्णता नपाएको भन्नुगयो |
दूबै प्रवचन उपर टिप्पणी गर्दा डा. निर्मलमणि अधिकारीले नेपालको आधिकारिक राज्य ब्यबस्था राज्यराष्ट्र नै रहेको र तर पस्चात्य राष्ट्रराज्यको सोचले नेपाली सामाजिक जीवनमा नराम्रो असर परेको टिप्पणी गर्नुभयो | उहाले राष्ट्रराज्य युरोपेलीहरूलाई उपयुक्त रहे पनि नेपालीका लागि आयातित नै रहेको जिकिर गर्दै नेपालीले आफ्नै रैथाने पद्यतिहरूको विकास गर्न र निर्यात गर्न उपयुक्त हुने टिप्पणी गर्नुभयो |
दर्शक-स्रोताबाट डा. लक्मीप्रसाद खतिवडाले परिवर्तित राजनैतिक ब्यबस्थामा देश किन गरिव र परनिर्भर हुँदछ भन्ने प्रश्न प्रमाणसहित प्रस्तुत गर्नुभएको थियो | कार्यक्रमको आरम्भमा स्वागत भाषण प्राडा उषाकीरण सुब्बाले गर्नुभएको थियो भने सहप्रा. सुजाता देवले उपस्थित स्रोतहरूलाई धन्यवाद दिनुभएको थियो |
कार्यक्रमको प्रमुख अतिथिको रूपमा त्रिविवि मानविकीका सहायक डीन गोपाल प्रसाद धौबन्जार आफ्नो मन्तब्य दिंदै दर्शनदिवसको अवसरलाई ज्ञान बढाउन प्रयोग गरिनुपर्ने र दर्शनशास्त्रमा एम.ए. खोल्न आफुले सहयोग गर्ने वचन दिनुभयो | कार्यक्रममा गीत गाएर दर्शनशास्त्रका विद्यार्थी पाल्देन लामा र दिपेश लामा ले स्रोत दर्शकहरूको ,मनोरंजन गर्नुभएको थियो |
कार्यक्रमको अन्त्यमा, त्रिचन्द्र बहुमुखी क्याम्पसका सहक्याम्पस प्रमुख श्रीबालकृष्ण खत्रीले सबैलाई धन्यवाद दिंदै दर्शनदिवसका अवसरमा प्रस्त्तुत भएका विषयहरू अत्यन्त गम्भीर र राजनीतिज्ञले सुन्नु पर्ने र अमल गर्नुपर्ने रहेको विचार व्यक्त गर्दै गोष्टीको समापन गर्नुभयो | कार्यक्रममा सह प्राडा भारती अधिकारी, उपप्रा कमला शर्मा तथा प्राज्ञ विष्णुप्रभातआदिको सहभागिता थियो |
रूपचन्द्र विष्टको थाहा दर्शनका विषयवस्तुहरूलाई स्रोताहरूले निकै मन पराएका र पुन: थाहा दर्शनका विषयमा चर्चा गरिनुपर्ने भनेको सुनियो | सम्पूर्ण कार्यक्रमको संयोजन यसै विभागका शिक्षक डा. गोविन्दशरण उपाध्यायले गर्नु भएको थियो थाहा दर्शनअध्ययन प्रतिष्ठानले सहकार्य गरेको थियो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here