हृद्धयघातले लग्यो प्रचण्डका छोरा प्रकाशलाई

0
4113
Prakash dahal death body in Narbhik Hospital with wife Sirjana Tripati, today

अहिले ४ बजे अन्तिम दाहसंस्कारको तयारी
मंसीर ३ गते, २०७४
काठमाण्डौं/ नेपाली राजनीति क्षेत्रमा उच्च नाम रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालको छोरा प्रकाश दाहालको हृद्धयघातबाट मुत्यु भएको निर्भिक अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् ।

       मृत्युको बारेमा सामाजिक सञ्जालमा विभिन्न खाले अपुष्ट कारण र अवस्थाबारे समाचार आईरहेको वेला ३७ बर्षीय दाहालको अस्पतालमा ल्याउनु भन्दा ३ घण्टा अगाडि नै मृत्यु भईसकेको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । दाहाललाई आइतबार विहान ५ बजेर ५० मिनेटमा अस्पताल पुर्याइएको थियो । उनको मृत्यु हृद्धयघातबाट ३ घण्टा अगाडि नै भईसकेको अस्पतालका डक्टर जेपी जैसवालले जानकारी दिनु भयो ।

    दुई श्रीमति र छोरा रहेका प्रकाशले भूमिगत अवस्थाबाटै आफ्नो बुवालाई सहयोग गर्दै आउनु भएको थियो । पछिल्लो समय बुबाको स्वकीय सचीव समेत रहनु भएका दाहाल मिलनसार र मिजासिला रहेको भन्दै शोक समेत व्यक्त गरी केही नेताहरुले टुवीट समेत गरेका छन् ।

Prakash Dahal with youngest wife Bipana, Source From google

अहिले उहाँको लाशलाई श्रद्धाञ्जलीका लागि पेरिशडाँडा अवस्थित पार्टी कार्यालयमा राखिएको छ । प्रकाशलाई भेट्न उहाँकी श्रीमति सृजना त्रिपाटी पोखराबाट र विना मगर चुनावी क्षेत्र कञ्चनपुरबाट काठमाण्डौं आईसक्नु भएको छ । यता भरतपुरबाट दिदी रेणुका दाहाल समेत हेलिकप्टर मार्फत काठमाण्डौं आइसक्नु भएको बताइएको छ । प्रविधि र न्यू टेक्नोलोजीमा ज्ञान रहेका प्रकाशको मृत्यु प्रति एमाले पार्टी तथा अन्य जिम्मेवार नेतृत्वसमेतले शोक व्यक्त गरेका छन् भने बाम गठबन्धनले तर्जुमा गरेका केही स्थानका चुनावी सभा समेत स्थगित भएका छन् । दाहालको मृत शरीरलाई आज अपरान्ह ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here