भूटानी कलाकारको सामूहिक सम्मान तथा विदाई

0
3890

डिकेश लामा/ ०२ मंसीर २०७४
दमक/ भूटानी शरणार्थी शिविरमा रहेर लामो समयदेखि साँतीतिक क्षेत्रमा साधनारत ४ जना कलाकर्मीको आज एक औपचारिक कार्याक्रमबीच सम्मान तथा विदाई गरिएको छ ।
दमकको सुरावी कला केन्द्रमा भएको कार्यक्रममा गायन, संगीत र लेखन क्षेत्रमा लामो समय देखि कार्य गर्दै आएका गोपी लुङ्गेली, जितबहादुर थुलुङ्ग राई, रोमेहाङ्ग राई र रोशन वाईवा तामाङ्गलाई कार्याक्रमका प्रमुख अतिथि अग्रज लोक गायक एलपी जोशीले सम्मान गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि जोशीले भूटानी शरणर्थी शिविरमा बसेर पनि नेपाली कलाकारिता क्षेत्रमा भूटानी कलाकारहरुले ठूलो योगदान दिएको बताउनु भयो । विश्वका ८ मुलुकमा पूनर्वास भएका नेपालीभाषी भूटानी कलाकारले नेपाली साँगितीक क्षेत्रको उचाई बढाउँन थप मदत पुगेको समेत बताउनु भयो । सुरावी कला केन्द्र र शंक व्याण्डको सँयुक्त आयोजनामा भएको कार्याक्रममा धनेकुटे कान्छा, पूर्व सचीव युवराज राई लगायतले तेस्रो मुलुक जान तयार हुनु भएका कलाकारलाई जहाँ गए पनि नेपाली सँगीत र कलाको संरक्षण र विकासमा लागि रहन शुभकामना समेत दिनु भयो ।

शंक व्याण्डका सचीव कृष्ण लिङदेनले संचालन गरेको कार्याक्रममा व्याण्डका अध्यक्ष सुमन दिङमाली राईले व्याण्डका १ दर्जन बढी कलाकारलाई प्रसंशा पत्र प्रदान गर्नु भयो । सुरावीका अध्यक्ष अनिल फागोको सभापतित्वमा भएको कार्यक्रममा व्याण्ड र केन्द्रका ७ जना कलाकारले गीत प्रस्तुत गर्नु भएको थियो । नेपाली र भूटानी शरणार्थी समूदायका अन्य स्थानीय कलाकारहरुको समेत उपस्थिति रहेको कार्यक्रममा गीतकै माध्यमबाट केन्द्रका अध्यक्ष फागोले विदाइ समेत गर्नु भएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here