घरेलु तथा शील प्याक मादक पदार्थ सार्वजनिकरुपमा नष्ट

0
4448

डिकेश लामा/ २७ कार्तिक २०७४
बेलडाँगी/ झापाको बेलडाँगी २ मा आज शिविर रेखदेख दल र शसस्त्र प्रहरीले विभिन्न समय र स्थानमा बरामद गरेको घरेलु तथा शील प्याक मादक पदार्थ सार्वजनिकरुपमा नष्ट गरिएको छ । शिविर रेखदेख दल र स्थानीय शरणार्थी सुरक्षार्थ स्थापित शसस्त्र प्रहरी सुरक्षा वेशको टोलीले बरामद गरेका ४७ लिटर घरेलु रक्सि, १० लिटर निगार, ८ बोतल वियर र ५ थान क्वाटर शीलप्याक रक्सि खाल्डोमा गाडेर नष्ट गरिएको हो । रक्सि शिविर भित्र विभिन्न सेक्टरमा लुकाएर राखेको अवस्थामा भेटी पक्राउ गरेको शिविर रेखदेख दलका प्रमुख कुमारी राईले बताउनु भयो ।

यता शसस्त्र प्रहरीको गस्ती टोलीले गस्तीको क्रममा शिविर भित्र विक्री गर्न भित्राउनेक्रममा पक्राउ गरिएको शसस्त्र प्रहरी निरीक्षक जयन्त ढडालले बताउनु भयो । मादक पदार्थ नष्ट शिविर सुपरीवेक्षक सुरेन्द्र दाहाल, यूएनएचसीआरका पदाधिकारी गंगासेन, शसस्त्र प्रहरी निरीक्षक जयन्त ढडाल, संचारकर्मी डिकेश लामा सहित अन्य जिम्मेवार निकाय पदाधिकारीहरुको रोहवरमा नष्ट गरिएको शिविर रेखदेख दलले जानकारी दिएको छ । ६ महिना यतामात्र शिविर क्षेत्रमा मात्र २ सय लिटरको हाराहारीमा मादक पदार्थ बरामद गरी नष्ट गरी सकेको दलका प्रमुख राईले बताउनु भयो । लामो समय देखि शिविर भित्र मादक पदार्थको प्रयोग प्रयोजनमा रोक लगाए पनि सो नियन्त्रण भने हुन नसेको शिविर सचीव टिकाराम रसाइलीले बताउनु भयो ।

See live video by Dikesh lama

 



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here