प्रदेश र केन्द्रको चुनाव रोक्नु अपराध हुन्छः यादव

0
1193

अन्य पार्टीका उच्च नेता सहित ३ सय ५० जना बढीको पार्टी प्रवेश

 

  दमक/अति विपन्न र पछाडि पारिएका जनताको अधिकार र देश विकास लागि चुनाव अनिवार्य भएकोले यो रोक्नु अपराध हुने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ । आइतबार ससफोको दमकमा बृहत पार्टी प्रवेश तथा झापा जिल्ला निर्वाचन शुभारभ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधान तथा पराराष्ट्र मन्त्री समेत रहनु भएका यादवले सो कुरा बताउनु भएको हो । यादवले देश विकास र राष्ट्रिय एकता मजबुतीका लागि संघीय समाजबादी फोरम तेस्रो धु्रवको एक मात्र ठूला शक्ति भएको बताउनु भयो ।

 

 

    पछिल्लो निर्वाचनमा फोरमले गरेको विजय प्रति ठूला दलहरुले एकता र गठबन्धन गरेको भए पनि आफूहरु दुई ध्रुवको बीचमा रही संविधान संशोधन र सवैले स्वीकार्य बनाई राष्ट्रिय एकता र हितका लागि सवै जातजाति, बर्ग र समूदायको अधिकार सुनिश्चित गरेरै छाड्ने समेत दावी गर्नु भयो । पछिल्लो समय चुनाव नजिकदैं जाँदा समेत सर्वोच्च अदालतको नाम देखाएर भए पनि कति पय निर्वाचन नचाहने त

त्वहरुले निर्वाचन रोक्न समेत खोजिरहेको समेत यादवले आरोप लगाउनु भयो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य प्रविन चाम्लिङ्ग, प्रकाश सुवेदी, संघीय लिम्बुवानका पुरन राई, गणेश राई लगायतले मन्तव्य राख्नु भएको थियो । लोकतान्त्रिक फोरम समेत उच्च पदका नेता सहित ३ सय ५० जनाले आजै पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई ससफोका अध्यक्ष यादवले खादा र अविर पहिरन समेत गर्नु भएको छ ।

नव प्रवेशी राप्रपाका प्रभावशाली नेता प्रवीन चाम्लिङ्गले आफूहरुले २८ बर्ष सम्म प्रजातान्त्रिक लडाईमा लागे पनि जनताको हित र राष्ट्र विकासको ठूलो

संभावना भएको पार्टी संघीय समाजवादी फोरम भएकोले आफूहरु पार्टी प्रवेश गरेको बताउनु भयो । कार्यक्रममा प्रकाश सुवेदी, पुरन राई कार्यक्रममा आगामी मंसीर १० र २१ गते हुने प्रदेश र केन्द्रको चुनावमा सवैले जुटेर लाग्न अभिप्रेरित समेत गरिएको छ । पार्टीका अध्यक्ष धिरेन्द्र लावतीको सभापतित्वमा भएको कार्याक्रमा १ दर्जन बढी केन्द्रिय सदस्य र जिम्मेवार नेतृत्वहरुको उपस्थिति कार्याक्रम संचालक शुशिल राईले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here