प्रहरी र आन्दोलनकारीबीच विर्तामोड झडपमा १ जनाको ज्यान गयो 

१ दर्जन बढी घाईते : ३ दर्जन बढी प्रहरी नियन्त्रणमा 

0
3343

१ दर्जन बढी घाईते : ३ दर्जन बढी प्रहरी नियन्त्रणमा 
कार्तिक १० गते, २०७४ /डिकेश लामा
विर्तामोड/ गत भाइटिकाको दिन अर्जनधारा निवासी ११ बर्षीय लक्ष्मण शिवाकोटीको संकास्पद मृत्युको दोषीलाई पक्राउको माग गर्दै आज आन्दोलनमा उत्रिएका सर्वसाधारण र प्रहरीबीचको झडपमा विर्तामोडमा १ जनाको ज्यान गएको छ भने १ दर्जन हाराहारीमा घाइते भएका छन् । केही समय अघि देखि नै मृतकको दोषी उपर कार्वाहीको माग गर्दै शान्तिपुर्वक आन्दोलनमा उत्रिएका आफन्तजन र सर्वसाधारणले आज विर्तामोड बजारको बन्दको घोषणा गरी आन्दोलनमा उत्रिएका थिए । गोली अर्जनधारा ५ का ३२ बर्षीय नवराज भनेर चिनिने राजेश थापाको मृत्यु भएको छ । थापाको घाँटीमा गोली लागेको र उपचारको लागि मेचि अञ्चल अस्पताल लाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरी गोली लागेको ३ जना भए पनि दुई जनाको ज्यान गएको हुन सक्ने संचारकर्मीहरुले आशंका गरेका छन् । कतिपय सामाजिक सञ्जालमा त २ जनाको ज्यान गएको भन्ने अपुष्ट समाचार समेत आउन थालेको छ ।
आन्दोलित सर्व साधारणले प्रहरी माथि ढुङगा मुढा र आगजानी गर्न थाले पछि भिड नियन्त्रण लागि गोली समेत चलाएको प्रहरीले जानकारी दिएको छ । कफ्र्यूलाई उलङ्घन गरी आगजानी समेत गरे पछि बाध्य भएर गोली चलाएको विर्तामोडका प्रहरी नायव उपरिक्षक राजकुमार सिलवालले बताउनु भयो । आन्दोलनकारीले विर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीको घर मा पसी निजी गाडी र मोटरसाइकल समेत तोडफोड तथा आगजानी गरेको परिवार स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय अपरान्ह ४ बजे पछि विर्तामोड केही सामन्य बन्दै गएको छ भने तनावलाई नियन्त्रणमा लिन प्रहरीले ३ दर्जन जतिलाई नियन्णमा लिएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here