जापानी राजदुत ओगावाले दमकमा गरे उद्घाटन र हस्तान्तरण

0
2147
Welcoming by Amda Nepal to Ambassador

कार्तिक ५ गते, २०७४  
दमक/ नेपाल स्थित जापानी राजदुत मासाशी ओगावाले आज दमकमा दुई वटा कार्याक्रममा सहभागी भई हस्तान्तरण तथा उद्घाटन कार्य एकै दिन सम्पन्न गर्नु भएको छ । 
दमक नगर पालिकालाई राजदुत ओगावाले पहिलो कार्याक्रममा बारुण यन्त्र हस्तान्तरण गर्नु भएको छ ।  दमक नगर पालिकामा भएको औपचारिक कार्याक्रममा दमकका मेयर रोम ओलीलाई ओगावाले बारुणयन्त्रको चावी

Fire Engine handing to Mayor Mr Rom Oli by Ambassador Mr Masashi Ogawa

हस्तान्तरण गर्नु भएको थियो । यन्त्र जापान सरकारको विपन्न नागरिकका लागि सहयोग गर्दै आएको मानव सुरक्षा योजना अन्तगर्त सहयोग गरिएको नेपाल स्थित जापानी दुतावासले जानकारी दिएको छ ।      

यसैबीच सो कार्याक्रम पछि दुतावासको सहयोगमा निर्मित दमकमा संचालित आम्दा अस्पतालको एक तले भवन र सो भवनमा संचालित आईसीयु कक्षको समेत राजदुत ओगावाले उद्घाटन गर्नु भएको छ । जापान सरकारको १ करोड र आम्दा 

नेपालको १ करोड गरी जम्मा २ करोडमा संचालनमा ल्याएको आम्दाको पहिलो आइसीयु सेवा आजबाट औपचारिकरुपमा सुचारु गरिएको छ । कार्यक्रममा दमकका राजनैतिक, सामाजिक तथा सरकारी निकायका अगुवाहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा आम्दा अस्पताललाई २ विगाह जग्गादान गर्ने दाता स्वर्गीय महेश कुमारी कार्कीको नाममा एक मिनेट मौनधारण तथा अर्का दाता डिल्लिराम थापालाई सम्मान समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here