मृत्युको मुखमा छट्पटाईरहेका छोरालाई भेट्न हिडेका भूटानी मण्डलको मृत्यु

मृत्युको मुखमा छट्पटाईरहेका छोरालाई भेट्न हिडेका भूटानी मण्डलको मृत्यु

0
8765
After death in Amda Hospital outside

छोरालाई हेर्ने इच्छा अधुरै रह्यो
कार्तिक ५ गते, २०७४/डिकेश लामा 
बेलडाँगी/भूटानी शरणार्थी शिविर वेलडाँगीका भूटानको लरेनी व्लकको मण्डल समेत रहेका ७१ बर्षीय विष्णु घलेको आज दमकको आम्दा अस्पतालमा मृत्यु भएको छ । दमक वडा नं. ५ क्याम्पस मोड उत्तर शाखा सडक छेऊमा टाउकोमा गम्भीर चोट सहित वेवारिसे अवस्थामा प्रहरीले भेटेर उपचारको लागि आम्दामा ल्याई उपचार गर्दा गर्दै घलेको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएपी) दिपक गिरीका अनुसार सडक छेऊमा अचेत अवस्थामा लडेको जानकारीका आधारमा तत्काल उदार गरी अस्पताल भर्ना गरिएको थियो । तर उपचार गर्दा गर्दै करिव साढे १२ बजे तिर बृद्ध घलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । 

Bishnu Ghale’s photo of Bhutanese Id card


     भूटानी शरणार्थी शिविर वेलडाँगी ३ सेक्टर डी/२ हट नम्बर १०७ मा बस्दै आउनु भएका मृतक घले गत अशोज २४ गते पूर्व पश्चिम राजमार्ग अन्तर्गत माइधार नजिक गाडी दुघर्टनामा परी गम्भीर घाइते भएका छोरा प्रकाश घललेलाई भेट्न भनी आज विहान घरबाट निस्केको छिमेकी कुमार सुवेदीले बताउनु भयो । छोरा प्रकाशको दुघर्टनामा परी विर्तामोड स्थित विएनसी अस्पतालको आइसीयु कक्षमा गम्भीर अवस्थामा उपचार भईरहेको घाइतेको श्रीमति इन्दिरा बताउनु भयो । शुरुमा बेलडाँगी २ सेक्टर सी/४ हट नम्बर ४४ बस्ने घललेले विहान मात्र छोराको मुख हेर्न मन लागेको छ । के भयो कस्तो छ भनेर विहान वेलडाँगी शिविरमा कुरा गर्दै हिडेका बृद्धको एक्कासी मृत्युको खवरले शिविरबासीहरु समेत दुखी भएका छन् । मृतकको दुई श्रीमतिको छोरा छोरीहरु मध्ये एक जना छोरी आशा घले अष्ट्रेलियामा भएको र बाँकी सवै भूटानमा नै रहेको परिवार स्रोतले जानकारी दिएको छ । परिवारको आफन्त कोही नभए पछि शिविर व्यवस्था

पन समितिको अगुवाइमा लाशलाई पोष्टमार्टम पछि भोलि दाहसंस्कारको तयारी गरिएको शिविर व्यवस्थापन समितिका सल्लाहकार युवराज राईले बताउनु भयो ।  

Treatment time

  पछिल्लो समय आफ्ना आफन्तले छाडेर तेस्रो मुलुक गए छि एक्लिएर असह मृत्यु हुने संख्या बढिरहेकोले यस विषयमा आफूहरु गम्भीर भएको शिविर सचीव टिकाराम रसाईलीले बताउनु भयो । रसाई

 

 

 

लीका अनुसार अहिले हामी नै पीडित बृद्धबृद्धाहरुको छोराछोरी भएका छौं । तर यस विषयमा सरोकारवाला निकायले नितान्त चासो देखाउँनु पर्ने वेला आएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here