भूटानीले गरे सामुहिक गौ पूजा

देश विदेशमा रहेका आफन्तको स्मरण र शुभ कामना

0
2833

देश विदेशमा रहेका आफन्तको स्मरण र शुभ कामना
कार्तिक २ गते, २०७४/डिकेश लामा
बेलडाँगी/ भूटानी शरणार्थी शिविर वेलडाँगी क्षेत्रमा नेपाली भाषी भूटानीको संख्या घट्ने क्रमसँगसँगै हरेक कार्यलाई सामुहिक रुपमा गर्न थालेका छन् । आज लक्ष्मि तथा गोवद्र्धन पूजाका अवसरमा आफूहरुले सवै मिलेर एउटा गाइको पुजा गरेका छन् । गाइलाई अगाडि लगाएर धामी, झ्याँक्री सहितको शान्ति र्यालीले शिविर र सो आसपास क्षेत्रको परिक्रमा गरि सार्वजनिक स्थल गुम्बा स्टेजमा पूजा शुरु गरिएको छ । भूटानी शरणार्थीहरु गाई नहुने भएकोले उनीहरुले एउटै गाइको सामुहिक पूजा गरेको शिविरका अगुवा नरबहादुर बस्नेतले बताउनु भयो । भूटानी शरणार्थीहरुले गाईको सामुहिक पूजा गर्दै यमपञ्चक दिपावलीबारे जानकारी दिन र देश विदेशमा छरिएर रहेका आफ्ना आफन्तलाई शान्तिको कामना र स्मरण गर्दै सामुहिक पूजा गरिएको पूजा संयोजक लोकप्रसाद शर्मा अनुसार बताउनु भयो ।

 

काठमाण्डौंबाट आउनु भएका एक हजार ८ स्वामी गुरु भागवतचार्य उपस्थितिमा कार्याक्रम संचालन गरिएको पूजा आयोजक समितिले जानकारी दिएको छ । भोलि गोवर्धन पूजा गरेर दिपावलीको पूजा सम्मन्न गर्ने अयोजक समितिले जानकारी दिएको छ ।
पछिल्लो समय भूटानी शरणार्थीहरुको संख्या घटेसँगै चाडबाडमा आउने पूजाआजालाई व्यक्तिगत नभई सामुहिकरुपमा गर्ने परम्परा बढ्दै गएको छ । यस अघि दशैंमा समेत रोहित महतको संयोजनमा १० दिने दुर्गा पूजा सामुहिक रुपमा सम्पन्न भएको थियो ।

see a video story by Dikesh Lama

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here