सदभाव र एकताका लागि न्यूजिल्याण्ड दिपावली कप सम्पन्न

नेपाली भाषी भूटानीहरुको तेस्रो मुलुक प्रवेश सँगै कार्यक्रमहरु बढ्न थाले

0
3285

नेपाली भाषी भूटानीहरुको तेस्रो मुलुक प्रवेश सँगै कार्यक्रमहरु बढ्न थाले
17 अक्टोवर 2017

न्यूजिल्याण्ड/ न्यूजिल्याण्डको नोरटन एभनहेडमा पर्ने फेरीर पार्कमा दिपावली विशेष एक दिवशीय फुटवल प्रतियोगिता दिपावली कप २०१७ सम्पन्न भएको छ । खेलमा कम्बाइन ब्रदर्स ए लाई हराउँदै फिजी ट्रेलसले विजय हात पारेको छ । सामाजिक सद्भाव र एकताको सम्बन्ध थप सुदृढ र विकासतर्फ उन्मुख गराउँन खेलको आयोजना गरिएको आयोजक समितिका अगुवा सोनी बर्माले जानकारी दिनु भएको छ ।

     ६ टिम सहभागी रहेको थियो। क्राईस्टचर्च भित्रकै ६ टिम बिचको खेलमा निकै राम्रो प्रतिष्पर्धात्मक खेल भएको थियो। धैरै वर्षेदेखि खेल्दै आएको टिम लोछमपा पनि यस खेलमा विजेता र उपविजेतालाई मेडल तथा ट्रफी प्रदान गरिएको छ । यस्ता खेलले नेपाली भाषीहरुको एकतामा थप टेवा पुग्ने समितिका संयोजक सुधिर सर्माले बताउनु भयो । शर्माका अनुसार खेल उत्कृष्ट ढंगबाट सम्मन्न भएको र यसले हामीमाझ सदभाव कायम राख्न ठूलो सहयोग पुग्ने बताउँदै दिपालीको खेलाडीहरुमाझ शुभकामना समेत दिनु भयो ।
पछिल्लो समय नेपाली भाषी भूटानीहरु विश्वका नेदरल्याण्ड, न्यूजिल्याण्ड, डेनमार्क, अष्ट्रेलिया, वेलायत, क्यानाडा, अमेरिका, नर्वे लगायतका देशमा १ लाख ९ हजार हाराहारीमा पुनर्वास भईसकेका छन् । पुनर्वास भएका नेपालीभाषी भूटानीहरुले आफ्नो संस्कार, खेल, कला, साहित्य, सँस्कृति र भाषाको संक्षरण गर्न चाड पर्व विशेषलाई प्राथमिकता दिँदै आएको अमेरिकाको जर्जिया बस्दै आउनु भएका कलाकार तथा खेलाडी विनोद मगरले बताउनु भयो । मगरका अनुसार अमेरिकाको विभिन्न स्टेटमा विभिन्नखाले यस्ता कार्यक्रमहरु बढ्नेक्रम रहेको बताउनु भयो ।

         केही समय अघि मात्र अमेरिकाको टेनिसीमा फुटवल तथा साँगीतिक कार्याक्रम सम्पन्न भएको थियो भने न्यूजिल्याण्डमै नेपाली भाषा कक्षाको बार्षिकोत्सव समेत औपचारिकरुपमा सम्पन्न भएको न्यूजिल्याण्डबाट संचार सहयोगी सामाजिक अगुवा युवा बाला सिन्चुरीले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here