भूटानी शरणार्थीमा सकरात्मकताको लागि विवाद

सार्वजनिक स्थलमा पारदर्शिता खोजियो

0
7362

सार्वजनिक स्थलमा पारदर्शिता खोजियो
अशोज ३०, २०७४/डिकेश लामा
बेलडाँगी/भूटानी शरणार्थीहरुले पछिल्लो समय हरेक गतिविधिमा पारदर्शिता खोज्न थालेका छन् । जोखिममा रहेका शरणार्थी परिवारलाई विश्व लुथरन फेडरेशनले दिन लागेको जिविकोपार्जन सम्बन्धी कार्याक्रममा समेत उनीहरुले सार्वजनिक स्थलमा पादर्शिताको माग गरेका छन् । जोखिम र अति समस्यामा परेका शरणार्थीलाई लक्षित गरि ल्याएको कार्याक्रममा कतिपय शरणार्थीहरुबीचमै विवाद जस्तो समेत देखियो । कतिपय भूटानी शरणार्थीहरुले शिविर सचीव समेतलाई प्रश्न गर्छन् त कतिपयले सरोकार वाला दातृ निकाय विश्व लुथरन फेडरेशनका जिम्मेवार पदाधिकारीसँग समेत प्रश्न गरेका छन् ।
शुरुमा शीपमुलक कार्यक्रमका लागि समूह विभाजन गरी तालिम प्रदान गर्ने र तालिम पश्चात आवश्यक वजेट विनियोजन गरी शरणार्थीहरुमाझ जिविकोपार्जन कार्याक्रम संचालन गरिने विश्व लुथरन फेडेरेशनले जानकारी दिएको छ ।
कार्यक्रममा आफ्ना जनतासामू शिविर सचीवले सवैले राम्रोसँग बुझेर काम गरे आफूहरुलाई राम्रो हुने बताउनु भयो ।
कस्ता शरणार्थीहरुमा जिविकोपार्जन कार्यक्रमहरु संचालन गर्ने भन्ने विषयमा भूटानी शरणार्थी अपाङ्गता संघकी अध्यक्ष देवीमाया गुरुङ्गले अति जोखिममा परेका शरणार्थी परिवारका निम्ति यो कार्यक्रम ल्याउने तयारी भएको बताउनु भयो । तर राम्रा कामका लागि विवाद भन्दा बढी एकबद्ध भएर कार्य गर्नु पर्ने शिविर क्षेत्रका अगुवाहरुले बताउँदै आएको छन् । जे भए पनि एउटा जोखिममा परेको परिवारलाई सहयताको लागि अन्तराष्ट्रिय श्रम संगठनले दिएको यो सहयोगले शरणार्थीहरुको जिविकोपार्जनमा ठूलो टेवा मिल्ने अपेक्षा गर्न सकिन्छ ।

See video story here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here