फोरम लोकतान्त्रिक कांग्रेसमा बिलय

0
826

३० आश्विन, काठमाडौं । नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा बिलय भएको छ ।  सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा विजय कुमार गच्छदार नेतृत्वको फोरम नेपाली कांग्रेसमा बिलय भएको हो ।

एकता घोषणा सभामा बिजय कुमार गच्छदार भक्कानिदै पार्टी छाडेर गएको क्षण सम्झिँए ।  “२०६४ सालमा पार्टी छाडेको बेला म बालुवाटारमा नै थिएँ,” गच्छदारले भने, “मैले पार्टी छाड्न लागेको कुरा गिरिजाबाबु र नोना भाउजुलाई भनेँ । उहाँहरुले नछाड्न भन्नुभएको थियो । म मधेस आन्दोलनमा होमिन्छु । त्यहाँ गएर २ ठाउँबाट चुनाव जितेर आउँछु भनेर भनेँ । पिता समानको नेता गिरिजा बाबुलाई छाडेर गएको थिएँ ।” यति भनिसक्दा उनि भाबुक भए । गहभरी आँशु पारेका गच्छदारले भने “चुनावमा दुई तिहाई ल्याएर जनवादी संविधान बनाउने योजना असफल बनाउन कांग्रेसमा समाहित भएको हुँ ।”

कार्यक्रममा कांग्रेस सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई कमजोर बनाउने प्रयास जति गरे पनि कांग्रेस असफल नहुने बताए ।  “हामीले गच्छदारजीलाई पहिले पनि कांग्रेसकै नेता मानेका थियौं, अहिले पनि मान्छौं र भोलि पनि मान्छौं,” देउवाले भने । देउवाले गच्छदार मेहनती नेता भएको भन्दै प्रसंशा गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here