चुनावमा असर नहुने आयोगको प्रष्टोक्तीपछि राप्रपाका मन्त्रीको सपथग्रहण

0
1111

२८ आश्विन, काठमाण्डौं । मन्त्रीपरिषद् बिस्तारले चुनाबको निष्पक्षतामा असर नपर्ने निर्वाचन आयोगले बताएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राप्रपाका ८ मन्त्रीको सपथग्रहण गराएकी छन् । ८ जनामध्ये ४ जना राज्यमन्त्री हुन् ।

माओवादी एमालेबीच चुनावी गठबन्धन बनेपछि सरकार संकटमा परेको ठानेका प्रधानमन्त्री देउवाले शुक्रबारै राप्रपाका अध्यक्ष कमल थापासहित ८ जनालाई मन्त्री नियुक्त गरेपनि आचारसंहिता उल्लंघन भन्दै राष्ट्रपति कानुनी परामर्शमा लागेकी थिइन। निर्वाचन आयोगले सरकार विस्तारले चुनावी निष्पक्षतामा असर नपर्ने बताएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिश बमोजिमका राप्रपाका ४ मन्त्री र ४ राज्यमन्त्रीको शनिबार साँझ शीतल निवासमा पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन । राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् । यस्तै दीलनाथ गिरी, विक्रम थापा र जयन्त चन्दले विना विभागिय मन्त्रीको रुपमा सपथ लिदा सुशील श्रेष्ठ, क्रान्ता भट्टराई, कुन्ती शाही र भास्कर भद्राले राज्यमन्त्रीको रुपमा सपथ लिए  । छैटौं पटक मन्त्रिपरिषद् बिस्तार गरेका देउवाले मन्त्रिमण्डल ६४ सदस्यीय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here