लेटाङ्गलाई हराउँदै वेलबारी फाईनलमा प्रवेश

भोलि वेलबारी र विराटचौकबीच फाइन खेल हुने

0
3421

भोलि वेलबारी र विराटचौकबीच फाइन खेल हुने

  

अशोज २७ गते / डिकेश लामा
बेलडाँगी / भूटानी शरणार्थी शिविर पथरीमा जारी धनकुमार तथा विष्णुमाया राई स्मृति अन्तर क्लव फुटवल खेलको आज भएको खेलमा लेटाङ्गलाई हराउँदै वेलबारी फुटवल क्लव फाईनमा प्रवेश गरेको छ ।


    खेलको निर्धारित समयमा दुवै टीमबाट ३/३ गोल भए पछि खेलको निर्णय ट्राइव्रेकरमा टुङ्गिएको थियो । ट्राइव्रेकरमा लेटाङ्ग फुटवल क्लवलाई ४ गोलको विरुद्ध ५ गोल गर्दै वेलबारी फुटवल क्लवले विजय हात पारेको हो । खेलमा विजेता टीम वेलबारीको तर्फबाट राजकुमार राई, अन्जन राई, र विनोद अधिकारीले गोल गरेका थिए । यता पराजित टिम लेटाङ्गको तर्फबाट मनोज राई, दिनेश राई र योगन्द्र लिम्बुले गोल गरेका थिए । आजको खेलमा पराजित टिमका मनोज राईलाई म्यान अफ दि म्याच घोषित गर्दै आयोजक नव नव युवा कला केन्द्रका अध्यक्ष करण चाम्लिङ्गले नगद रु १ हजार र ट्रफी प्रदान गर्नु भयो ।


      झापा र मोरङ्गका ८ वटा फुटवल क्लवको सहभागिता रहेको खेलमा प्रथम र दितीय टीमलाई क्रमश नगद रु ४१ हजार र २१ हजार तथा प्रमाण पत्र ट्रफी, मेडल प्रदान गरिने आयोजक समितिका सचीव हर्क राईले बताउनु भयो । भोलि शनिबार बेलबारी फुटवल क्लव र एकता फुटवल क्लव विराट चौकबीच दिनको १ बजे फाईनल खेल हुने रेफ्रि माधव लिम्बुले बताउनु भयो ।

     यस खेल संचालनका लागि अमेकिाबाट दिलपाली रुङमाङछा ३० हजार, कौशिला साङपाङ्ग २० हजार, बल राई २९ हजार ३ सय ८४, टिकाराम राई १४ हजार सहयोग गरेका छन् । यसै गरी संचारकर्मी डेवड राई, समरबहादुर थुलुङ्ग, सुरेखा राई, विर्ख राई, मिता साम्पाङ्ग, गोपाल र विष्णु, नरेश माक्रिहाङ्ग, अमित विकले १०/१० हजार नगद सहयोग प्रदान गरेको मृतक राईका भाइ इन्द्र राईले बताउनु भयो । यसैगरी अमेरिका र स्थानीय क्षेत्रका रिना राई, सुनिता साम्पाङ्ग, छवि राई, दिलिप मगर, तुलाराम मगर, देवी राई, भक्तबहादुर राई, मोनिप्रसाद माक्रिहाङ्ग, सहबादुर राई, लहबहादुर धिमाल, मनसिंह राई, प्रेम राईले ३ देखि ७ हजारसम्म सहयोग प्रदान गरेको आयोजक संस्थाले जानकारी दिएको छ । उपचारको क्रममा विराट नगर हिडेका दम्पतिलाई गएको पुस महिनाको १३ गते ट्रकले किचेर मृत्यु भए पछि समाजसेवी मृतक दम्पतिको नाममा यो पहिलो पटक खेल खेलाएको आयोजक नव उदय कला केन्द्रका सचिव हर्क राईले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here