चुनाब सार्न सरकारकै चलखेल, बहाना नखोज्न बाम गठबन्धनको चेतावनी

0
933

२६ अश्विन,काठमाडौँ । बामपन्थी दलहरुबीच तालमेल भएसँगै चुनाव सार्ने चलखेल भएको भन्दै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विहिबार प्रधानमन्त्री शेरवहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

एमाले माओवादी र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल र लगत्तै पार्टी एकता गर्ने भनेर असोज १७ मा सहमति भएसँगै नेपाली कांग्रेसका मन्त्रीहरुले चुनावी मिति तलमाथि हुन सक्छ भन्ने अभिव्यक्ति दिदै हिडेकोप्रति पनि नेताहरुले आपत्ती जनाएका छन् । यसअलवा प्रधानमन्त्री स्यंमले समेत चुनावी आचारसंहिताविपरित मन्त्रिपरिषद हेरफेर गर्न लागेको चर्चाबारे ध्यानकर्षण गराउँदै ओली र दाहालले सम्बन्धित दलको सिफारिसविना मन्त्रि हटाएर संविधान उल्लघंनबाट बच्न देउवालाई सुझाव दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भने घोषणा भइसकेको मंसिर १० को प्रदेशसभा र मंसिर २१ को प्रतिनिधिसभा निर्वाचनको मिति नसर्ने स्पष्ट पारेका छन् । देउवाले प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक आयोजना गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा आश्वस्त पारेका हुन् ।  देउवाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सरकार प्रतिबद्ध रहेको समेत बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here