पथरीलाई हराउँदै विराटचौक फाइनलमा प्रवेश

0
3758

भोलि वेलबारी र लेटाङ्गबीच दोस्रो सेमिफाइन हुने
अशोज २६ गते / डिकेश लामा
    बेलडाँगी / भूटानी शरणार्थी शिविर पथरीमा जारी धनकुमार तथा विष्णुमाया राई स्मृति अन्तर क्लव फुटवल खेलको आज भएको खेलमा पथरीलाई हराउँदै एकता क्लव विराटचौकले विजय हात पारेको छ । खेलको निर्धारित समयमा दुवै टीमबाट १/१ गोल भए पछि खेल ट्राइव्रेकरमा टुङ्गिएको थियो । ट्राइव्रेकरमा पथरीलाई ४ गोलको विरुद्ध ५ गोल गर्दै विराटचौकले विजय हात पारेको हो ।

     खेलमा एकता विराटचौकको तर्फबाट ४८ औं मिनेटमा जर्सी नम्बर ५ का खेलाडी डगेन राईले फ्रि किकको सदुपयोग गर्दै गोल गरेका थिए । यता पराजित टीम पथरीबाट अन्तिम थप समयमा जर्सी ४ का खेलाडी मिन धिमालले गोल गरेका थिए । ट्राईवे्रकरमा डगेन राईले प्रहार गरेको गोल निर्णाय बन्दै एकता विजयी बनेको हो । आजको खेलमा विजेता टिमका डगेन राईलाई म्यान अफ दि म्याच घोषित गर्दै आयोजक नव नव युवा कला केन्द्रका अध्यक्ष करण चाम्लिङ्गले नगद रु १ हजार र ट्रफी प्रदान गर्नु भयो ।
       झापा र मोरङ्गका ८ वटा फुटवल क्लवको सहभागिता रहेको खेलमा प्रथम र दितीय टीमलाई क्रमश नगद रु ४१ हजार र २१ हजार तथा प्रमाण पत्र ट्रफी, मेडल प्रदान गरिने आयोजक समितिका सचीव हर्क राईले बताउनु भयो । भोलि शुक्रबार दोस्रो सेमि फाईनल खेल बेलबारी र लेटाङ्ग फुटवल क्लवबीच खेल हुने रेफ्रि माधव लिम्बुले बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here