आजको खेलमा पथरी र बेलबारी विजयी

भोलि सेमिफाईनल खेल एकता र पथरीबीच हुने

0
3170

भोलि सेमिफाईनल खेल एकता र पथरीबीच हुने
अशोज २५ गते / डिकेश लामा बेलडाँगी / भूटानी शरणार्थी शिविर पथरीमा जारी धनकुमार तथा विष्णुमाया राई स्मृति अन्तर क्लव फुटवल खेलको आज बुधबार भएको खेलमा मंगलबारे फुटवल क्लवलाई शुन्यको विरुद्ध २ गोल गर्दै वेलबारी फुटवल क्लव सेमिफाईनलमा प्रवेश गरेको छ ।

 

 

खेलका मध्यान्तर अघि कुनै पनि टीमबाट कुनै पनि गोल हुन सकेन । तर मध्यान्तर पछि खेल भएको ३९ र ५३ मिनेटमा वेलवारीका जर्सी नम्बर ८ का खेलाडी विवेक पौडेलले दुई गोल गर्दै विजय हात पारेको हो । यसैगरी गरी हिजो ११/११ गोल बराबरीमा टुङगिएको पथरी युवा क्लव र फेन्सक्लवबीचको आजको खेलमा फेन्सलाई ० को विरुद्ध १ गोल गर्दै पथरी विजयी भएको छ । खेलमा ३९ मिनेटमा पथरीका जर्सी नम्बर ६ का खेलाडी साइमन लिम्बुले गोल गरेका थिए ।

आजको खेलमा विजेता टिमका स्कोरर विवेक पौडेल र साईमन लिम्बुलाई म्यान अफ दि म्याच घाषित गर्दै आयोजक नव नव युवा कला केन्द्रका अध्यक्ष करण चाम्लिङ्गले नगद रु १/१ हजार र ट्रफी प्रदान गर्नु भयो ।

  
झापा र मोरङ्गका ८ वटा फुटवल क्लवको सहभागिता रहेको खेलमा प्रथम र दितीय टीमलाई क्रमश नगद रु ४१ हजार र २१ हजार तथा प्रमाण पत्र ट्रफी, मेडल प्रदान गरिने आयोजक समितिका सचीव हर्क राईले बताउनु भयो । भोलि विहीबारको पहिलो सेमि फाईनल खेल एकता युवा क्लव विराटचौक र पथरी स्पोर्टिङ्गबीच खेल हुने रेफ्रि माधव लिम्बुले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here