भाषा बचाउँन भूटानीले चलाए नेपाली बाल शिक्षा

न्युजिल्याण्डमा नेपाली कक्षाको बार्षिकोत्सव सम्पन्न

0
5903

न्युजिल्याण्डमा नेपाली कक्षाको बार्षिकोत्सव सम्पन्न
अशोज २३, २०७४ NewsDesk
न्यूजिल्याण्ड/ नेपाली भाषा संरक्षणमा जुटेका नेपाली भाषी भूटानीले भाषा अध्यापन संचालनको बर्ष दिनको अवसरमा न्यू व्रिङटन क्राइस्ट चर्चमा विविध नेपाली कार्याक्रम सहित आफ्नो बार्षिकोत्सव आइतबार सम्पन्न गरेको छ । भूटानी नेपाली कक्षा न्यूजिल्याण्डको आयोजना तथा भूटजिन सोसाइटी क्राइस्ट चर्चको सहयोगमा भएको कार्याक्रममा नेपाली भाषा बोल्न र लेख्न जान्ने उत्कृष्ट बालबालिकालाई कार्याक्रमका प्रमुख अतिथि समाजसेवी आकाश डुक्पाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भयो ।
नेपाली मूलका भूटानीहरुले आफ्नो मातृभाषा विर्सने डरमा सामाजिक अगुवाहरुको सक्रियतामा चर्चमा नेपाली कक्षा संचालन गर्दै आएको कक्षा शिक्षक तथा कार्याक्रम संचालक बलराम सेन्चुरीले बताउनु भयो । कार्याक्रममा विभिन्न क्षेत्रका अगुवा रोशन रिजाल, विनोद मिश्र लगायतले नेपाली भाषा संरक्षणमा सवैले मिलेर अगाडि बढ्नु पर्ने बताउनु भयो । सो कक्षा संचालनमा स्थानीय सामाजिक अगुवाहरुले विशेष पहल तथा सहयोग गर्दै आएको कक्षा शिक्षक इन्द्र मिश्रले जानकारी दिनु भयो । कार्यक्रममा साना साना नेपाली भाषी भूटानी बालबालिकाले नृत्य तथा गायन समेत प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here