समाजसेवी राईको स्मृतिमा पथरी शिविरमा फुटवल शुरु

डाँगीहाटलाई हराउँदै एकता युवा क्लव विजयी

0
3939

डाँगीहाटलाई हराउँदै एकता युवा क्लव विजयी

अशोज २२ गते / डिकेश लामा
बेलडाँगी / भूटानी शिविर शनिश्चरेमा लामो समय समाज सेवामा कार्यरत दम्पतिको दुर्घटनामा परि मृत्यु भएको प्रति स्मरण गर्दै आइतबार देखि पथरी शनिश्चरेमा अन्तर क्लव फुटवल प्रतियोगिता शुरु भएको छ । गएको पौष महिनामा उपचारको क्रममा विराटनगर हिडेका शिविर व्यवस्थापन समिति पथरीका सेक्टर हेड तथा खेल आयोजक केन्द्रका अध्यक्ष समेत रहेका धनकुमार राई र उहाँकी श्रीमति विष्णुमाया राईको कानेपोखरी नजिक ट्रकको ठक्करबाट मृत्यु भएको थियो ।

Social activist Late Mr Dhan Kumar Rai and his wife Bisnu maya rai

राई दम्पतिको स्मरणमा भएको आइतबारको उद्घाटन खेलमा डाँगीहाट युवा क्लव लक्ष्मीमार्गलाई १ गोलको विरुद्ध ३ गोलले हराउँदै एकता युवा क्लव विराटचौकले विजय हात पारेको छ । खेल शुरु भएको २७ सेकेन्डमा एकताका जर्सी नम्बर ११ का खेलाडी राईले पहिलो गोल गरे । खेलको मध्यान्तर अघि उमेश राईले नै पुन १ गोल गरी जीतका लागि टीमलाई थप मदजुत बनाएका थिए । खेलको मध्यान्तर पछि पराजित टीम डाँगीहाट युवा क्लवका तर्फबाट जर्सी नम्बर ११ का अजय श्रेष्ठले १ गोल गरेका थिए । यसैगरी एकता युवा क्लवका जर्सी नम्बर १७ का खेलाडी महेन्द्र कार्कीले थप १ गोल गरी एकता युवा क्लवलाई विजयी बनाएको खेलका चौथो जानकारी अफिसर युवराज साम्पाङ्ग राईले जानकारी दिनु भयो ।

 

 

आइतबारको खेलको म्यान अफ द म्याच एकता युवा क्लवका उमेश राई घोषित भए भने राईलाई कार्याक्रमका सभापति नव उदय कला केन्द्रका अध्यक्ष करण चाम्लिङ्ग राईले नगद १ हजार र ट्रफी प्रदान गर्नु भयो ।

Chief Guest Mayor Mr Dilip Kumar Rai Lighting lamp of inauguration of opening Game.

खेलको उद्घाटन कार्याक्रममा पथरी शनिश्चरे नगर पालिकाका मेयर दिलीप राईले शरणार्थी शिविर आए पछि फुटवल खेलले स्थानीय र शरणार्थीबीच राम्रो सम्बन्ध स्थापनामा ठूलो सहयोग गरेको बताउनु भयो । उद्घाटन कार्याक्रममा पथरी उद्योग बाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, शिविर सचीव चम्पासिंह राईले मृतक राई दम्पतिले समाजका लागि गरेका उदाहरणीय कार्यको प्रशंशा गर्नु भयो । झापा र मोरङ्गका ८ वटा फुटवल क्लवको सहभागिता रहेको खेलमा प्रथम र दितीय टीमलाई क्रमश नगद रु ४१ हजार र २१ हजार तथा प्रमाण पत्र ट्रफी, मेडल प्रदान गरिने आयोजक समितिका सचीव कार्यक्रम संचालक हर्कबहादुर राईले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here