दशैंको आर्शिवादमा पनि भूटानीले आफू खेदिएको पीडा पोख्छन्

जहाँ गए पनि विर्सदैनन् नेपाली भाषीहरुले आफ्नो सँस्कृति

0
5248

जहाँ गए पनि विर्सदैनन् नेपाली भाषीहरुले आफ्नो सँस्कृति

ग्लोवल पोष्ट डेस्क, असोज १६, २०७४
बेलडाँगी/बर्षौ देखि नेपाली भाषी भूटानीहरुले मनमा पीडा बोकेर भए पनि पूर्खाले मानेको चाड पर्वलाई छाडेका छैनन् । मन भित्र पीडा बोकेर भएपनि चाडबाडलाई खुशीसँग नै मनाउने गरेका छन् । भूटानमा सन् १९८८ मा मानव अधिकार मात्र मागेको हो । पछि गएर भूटान सरकारले नेपाली चाड पर्व भेषभूषा र पठनपाठनमा समेत अवरोध पुरयाए पछि उनीहरु आन्दोलनमा उत्रिएको भूटानी अगुवाहरुले बताउँदै आएका छन् । नेपाली संस्कार सँस्कृति दवाउँन खोज्दा बरु आफूहरु देश छाड्न तयार भए तर आफ्नो संस्कार सँस्कृतिलाई नेपाली भाषी भूटानीहरुले भुल्न सकेका छैनन् । हाल बेलडाँगी शिविरमा एक्लै रहेका युवा पुस्ताका इन्द्रबहादुर थापाले आफू एक्लै भए पनि खुशी मानेर दशैं मनाएको बताउनु भयो ।


संस्कार सँस्कृतिलाई अति माया गर्ने भूटानीहरुले विभिन्न देशहरुमा दशैंलाई खुशी साथ मनाएका छन् । आज पनि दशैंमा आर्शिवाद दिँदा पनि भूटान सरकारको दमनको कुरा उठ्ने गर्छ । यसरी चाडबाडमा आर्शिवाद दिँदा पछिल्लो पुस्ताले पनि भूटान सरकारले किन नेपाली भाषी भूटानीहरुलाई खेदायो भन्ने कुरा पुस्तौं सम्म पनि ओझेलमा पर्दैन भन्न कुरा प्रष्ट हुन्छ ।
भूटानको दागाना जन्मिएर हाल वेलडाँगी २ सेक्टर सी÷२ हट नम्बर ५ मा बसोबास गर्दै आउन्ु भएका सूर्यमान थापाले दशैंमा भूटान सरकारले खेदाए पनि आफ्नो संस्कार सँस्कृति मनाउँन पाईरहेकोमा खुशी भएको बताउनु भयो ।
यस्तो आर्शिवादले सन् १९९० मा लखेटिएका नेपाली भाषी भूटानीहरुको पीडा पुस्ता वित्दै जाँदा त विर्सन सक्ने संभवना त हुन्थ्यो तर त्यो ऐतिहासिक पीडालाई जीवितै राख्न मदत गर्छ ।
सन् २००७ देखि शुरु भएको तेस्रो देश पुनर्वासले शरणार्थीहरुको परिवार विखण्डन भएको छ । कोही भूटानमा छन् त कोही अमेरिका अनि कोही अझै पनि पूर्वि नेपालको भूटानी शरणार्थी शिविर बेलडाँगी र शनिश्चरे पथरीमा । मनमा पीडा बोकेर भए नेपाली भाषी भूटानीहरुले चाडबाडलाई भूल्न सकेका छैनन् । पूनर्वास भएका विश्वका ८ मुलुकमा साँस्कृतिक शैलीमा चाडबाडलाई मनाउँदै आएका छन् । कतिले त मोवाइलबाट भिडियो च्याट गरेर आर्शिवाद लिने दिने समेत गरेका छन् । यसरी परिवार कोही भूटानमा कोही अमेरिकामा रहेका परिवारहरुको मिलन गर्ने दिन कहिले आउला ? धेरै नेपाली भाषी भूटानीहरुले सवै परिवारको मिलन हुने दिनको प्रतिक्षा गरिरहेका छन् ।

See live video story

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here