शरणार्थी क्षेत्रको बजार सुनसान बन्दै 

 जनसंख्या घटेसँगै कारोवार पनि घट्यो 

0
3148

अशोज १४, २०७४

Globalpostinfo.us Reporter 

बेलडाँगी/भूटानी शरणार्थीहरुको संख्या घटे सँगै सो आसपास क्षेत्रका बजारहरु सुनसान बन्दै गएको छ । भूटानी शरणार्थीहरुको पूनर्वास प्रकृया अघि अत्याधिक बाक्लो भिड हुने बजारमा मानिसहरुको आवात जावत धेरै घटि सकेको छ । स्थानीय क्षेत्रमा लामो समय व्यापर व्यवसाय गर्दै आएका व्यवसायीहरु पनि व्यापर घटेसँगै अन्य स्थान तिर जान थालेका छन् । मानिसको संख्या घटे पछि व्यापार पनि घटेको व्यवसायीहरु बताउँछन् । शरणार्थी शिविर स्थापनासँगसँगै मनयारी व्यवसाय गर्दै आउनु भएका मिश्रीलाल शाह । पहिलेको तुलनामा व्यवसाय अहिले धेरै गुणा कमि भएको छ । शुरुमा लाखको कारोवार गर्ने हरु अहिले आएर हजारमा सिमित हुनु परेको छ  अर्का होटल व्यवसायी हरि श्रेष्ठ दशैं आउनु भन्दा १० दिन अघि देखि मेला बजार भन्दा बढी भिड हुने बजारमा यतिखेर बन्द हड्तालमा जस्तो मानिसहरुको आवात जावात नै देखिदैन । लामो खाद्य सामाग्रीको व्यवसाय गर्दै आउनु भएका व्यवसायी गणेश श्रेष्ठ । पछिल्लो समय भूटानी शरणार्थी शिविर क्षेत्रमा ७ हजार हाराहारीमा मात्र जनसंख्या रहेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । भूटानी शरणार्थीहरु जनसंख्या घटे सँगै व्यवसायको अवस्था कम्जोर बन्दै गए पछि बेलडाँगी क्षेत्रका व्यवसायीहरुले विकल्पको खोजी गर्न थालेका छन् ।

See live report by dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here