चाडबाडको वेला शिविरमा सुरक्षा कडा

0
1829

डिकेश लामा असोज ११ गते
बेलडाँगी/ चाडबाडलाई मध्य नजर गर्दै झापाको भूटानी शरणार्थी शिविर वेलडाँगी क्षेत्रमा आज देखि सुरक्षा व्यवस्था कडा पारिएको छ । भूटानी शरणार्थी शिविर वेलडाँगीमा आज बसेको सर्व पक्षीय भेलाले सो व्यवस्था गरेको हो । शिविर सचीव टिकाराम रसाईलीको संयोजकत्वमा वसेको वैठकले वेलुका ८ बजे पछि हिडडुल गर्न नपाईने, शिविर र सो आसपास क्षेत्रमा जुवा, तास, माद्याक तथा लागु पदार्थको प्रयोग प्रयोजन प्रतिवन्ध गरिनु पर्ने, अनाआवाश्यक हो हल्ला गर्नेलाई तत्काल कार्वाही गरिने, शिविर भित्र पाहुनाको रुपमा बस्न परे जानकारी गर्नु पर्ने, आपतकालीन अवस्था आएर आवातजावत गर्नु परे शिविर व्यवस्थापन तथा सम्बन्धित सुरक्षा निकायमा जानकारी दिनु पर्ने लगायतको निणर्य गरी आजैबाट कार्यन्वयन गरिएको शिविरका उपसचीव सन्तोष गुरुङ्गले बताउनु भयो ।
सुरक्षा बैठकमा शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च आयुक्तका शिविर क्षेत्र रेखदेख अधिकारी गोविन्द सुनवार, नेपाल सरकार प्रतिनिधि शिविर सुपरिवेक्षक सुरेन्द्र प्रसाद दाहाल, शसस्त्र प्रहरी, नेपाल प्रहरी लगायत शिविरका मुख्य पदाधिकारीबीच छलफल तथा निर्णय गरिएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । सो अवसरमा सचीव टिकाराम रसाईलीले शिविरबासीहरुले उत्ताउलो, भड्किलो र झै झगडा रहित चाडबाड मनाउँन सवैलाई आग्रह गर्दै शुभकामना समेत दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here