बुद्ध लामा पहिलो नेपाल अाइडल घोषित

0
1114

८ अश्विन, काठमाण्डौं । आफ्नै उमेर झुक्किदै नेपाल आइडलको मञ्च प्रवेश गरेका पोखराका बुद्ध लामा अन्ततः पहिलो नेपाल आइडल घोषित भएका छन् । उत्कृष्ट तीनबाट विजेता छनोटका लागि एकसातासम्म खुल्ला गरिएको भोटिङमा ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन्।

जितसँगै लामाले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् उनलाई मह जोडि अर्थात कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पुरस्कार प्रदान गरे।।‘आँखाको निन्द खोशिलाने……….’ गित गाएर नेपाल आइडलको मञ्च सुरु गरेका लामा अन्डर नाइन्टिन हुन् । लामाको बेजोड गायन र दमदार प्रस्तुतीले उनलाई विरलै मात्र डेन्जर जोनमा पुर्याउँदै नेपाल आइडलको फिनालेसम्म पुर्याएको थियो । भोटका आधारमा सधैजसो पहिलो नम्बरमा रहेका लामालाई दर्शकको भोटले पहिलो बनाएसँगै नेपाल आइडलको सिजन वान पनि समापन भएको छ ।

नेपाल आइडल हेर्न कतारमा भेला भएका सहभागी

दोस्रोमा निशान प्रताप तेस्रोमै सिमित

सुरुदेखि नै आशा गरिएका उर्लाबारीका निशान भट्टराई दोस्रोमा सिमित भएका छन भने ललितपुरका प्रताप दास तेस्रो भएका छन । निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाए। दोस्रो भएका निशानले नगद १५ लाख र प्रतापले १० लाख रुपैयाँ प्राप्त गरेका छन् ।

क्रोधित दर्शक

नेपाल आइडल सर्बाधिक चर्चाको कार्यक्रम भएपनि एपीवान टेलिभिजन तथा उसको यूटूव च्यानल र फेसबुकबाट समेत प्रसारण नभएपछि दर्शक क्रोधित भए । कतारको राजधानी दोहास्थित सनाया एम्पीथिएटरबाट प्रत्यक्ष प्रसारणका लागि भन्दै दुई दिन अघि नै त्यहाँ पुगेको ६० जनाको टोलिले प्राविधिक समस्या मिलाउन नसक्दा बहुप्रतिक्षित ‘अन्तराष्ट्रिय फ्रेन्चाइज शो’ नेपाल आइडलको ग्राण्ड फिनाले हेर्न नपाएपछि टेलिभिजनमाथि नै आँच आउने गरीका आलोचनाहरु सामाजिक सञ्जालमार्फत छरफस्ट भइरहे । सामाजिक सञ्जालमा विरोध भइरहदा कतिपय अन्य अनलाइनहरुले लिंकहरु नै राखिदिएपनि प्रष्ट बुझिने  नभएपछि दर्शकको विरोध झन व्यापकरुपमा सामाजिक सञ्जालमा देखिएको थियो । टेलिभिजनले भने कार्यक्रम सुरु गर्ने भनेको २ घण्टासम्म गितकार विप्लव प्रतिकसँग कुरा गरेर कार्यक्रम एकैछिनमा प्रत्यक्ष प्रसारण हुन्छ भन्दा भन्दै समापन हुँदासम्म पनि कार्यक्रम प्रसारण नभएपछि रातभर अनिदो बसेका दर्शकले एपीवान टेलिभिजनप्रति नानाथरी टिप्पणी गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here