चुनावी विश्लेषणः एमालेको थप्पड काँग्रेशले फर्काउला ?

0
1144

को बन्ला त ५ महिना देखि शुरु भएको स्थानीय निर्वाचनमा पहिलो ?
डिकेश लामा
असोज ४ गते, २०७४
यस अघि भएको पहिलो र दोस्रो निर्वाचनमा एमालेले काँग्रेशलाई दिएको ४९ थप्पड २ दिन अघि मात्र भएको निर्वाचनबाट काँग्रेशले ५० बनाएर फर्काउने दावी गरेको छ । निर्वाचन अघि विभिन्न स्थानमा यस पटक जसरी भए पनि आफूहरु देशकै ठूलो पार्टीबाट तल नझर्ने काँग्रेशले दावी गर्दै आएको छ भने यता एमालेले पनि जसरी भए पनि काँग्रेशलाई पछार्दै देशको ठूलो पार्टी बनेर नै छाड्ने बताउँदै आएको छ ।

     लगतार दुईवटा स्थानीय चुनावमा काँग्रेशलाई एमालेले दिएको झड्का तेस्रो निर्वाचनमा भने फर्काउने अवस्थाको सामान्य संकेत देखिएको छ । गत बैशाख ३१ गते भएको पहिलो निर्वाचनमा पनि काँग्रेशले १ यस ५ स्थानमा जित हासील गरेको अवस्थामा एमालेले १ सय २५ स्थानमा विजयी भई काँग्रेशलाई झड्का दिएको थियो । २०७४ सालको संसदीय निर्वाचनमा ठूलो दलको रुपमा देखिएको काँग्रेशलाई एमालेले २० स्थानमा धेरै जीत निकालेर पहिलो झड्का दिएको थियो । त्यसलाई तत्कालीन काँग्रेशका सभापति वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले केही तालमेल र आन्तरिक रणनीति कम्जोरी भएको कारण काँग्रेशको नतिजा कम्जोर भएको बताउनु भएको थियो । रणनीति बदलेर काँग्रेश जसरी भए पनि दोस्रो निर्वाचनमा एमाले भन्दा माथि हुने भनेर लागी परे पनि गत असार १४ गते प्रदेश नम्बर १, ५ र ७ को ३५ जिल्लामा ३ सय ३४ स्थानीय तह मध्ये पुन १ सय ५१ स्थानमा विजय हात पारी काँग्रेशलाई दोस्रो ठूलो झड्का दिएको थियो । पहिलो चरणको निर्वाचनमा २० स्थानमा धेरै जित निकालेको एमालेलाई घटाउने रणनीतिका साथ अगाडि बढेको काँग्रेशलाई दोस्रो निर्वाचनमा झड्का अझ बढेर गयो । पहिलो पटक २० स्थानको थप्पड खाएको काँग्रेशले दोस्रो पटक थप २९ थप्पड वेहोर्नु पर्यो । एमालेले १५१ स्थानमा जीत ल्याउँदा काँग्रेशले १२२ स्थानमा मात्र जित्न सफल भयो ।
दुई दुई पटक एमालेको थप्पड खाएको काँग्रेशले आन्तरिक गठबन्धनको धोका र पार्टी भित्रै अन्तरघात भएको भन्दै केही जिल्ला तथा क्षेत्रीय स्तरका कार्यकर्तालाई कार्वाही समेत गर्यो ।
2017-09-20 दोस्रो निर्वाचनमा पनि आफूहरु सफल भएकोमा एमालेको धम्की थप बढेर गयो । एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री के.पी. शर्माले जसरी भए पनि अव एमालेलाई देशकै ठूलो शक्ति बनाउँन कसैले नरोक्ने धम्की ठाऊँ–ठाऊँमा भएका विजय जुलुश र अन्य कार्याक्रममा दिँदै हिडे । प्रदेश नम्बर २ अर्थात तराईका धेरै भाग पर्ने प्रदेशमा पनि आफूहरुलाई मदेश विरोधीको आरोप लगाए पनि एमालेले उत्कृष्ट विजय गर्ने दावी समेत गर्दै आए ।
तर हाल तेस्रो पटक भएको यो स्थानीय निकायको निर्वाचनमा कसको धम्की र दावी के मा परिणत हुन्छ भन्ने कुरा पछिल्लो मत परिणामले केही मात्रामा संकेत दिन थालेको छ । पछिल्लो मत परिणाम कुनै स्थानबाट पनि पूर्णरुपमा आउन नसके पनि काँग्रेशले एमालेलाई अग्रता हासिल गर्नेक्रममा छाड्दै लगेको छ । पछिल्लो परिणाम अनुसार काँँगे्रश एमाले भन्दा केही अगाडि मात्र छ । त्यो पनि पूर्ण नतिजा नभएर अग्रताको तथ्याङ्क मात्र । यसरी हेर्दा यस पटकको प्रदेश नम्बर २ को ८ जिल्लामा रहेको १ सय ३६ स्थानीय तहको निर्वाचनमा के काँग्रेशले ४९ स्थानीय क्षेत्रको क्षती पुरा गर्न सक्ला त ?
काँग्रेशले केही स्थानमा बढी विजय हासिल गरे पनि एमालेलाई उछिन्न भने गारो हुने देखिएको छ । किनभने पछिल्लो मत परिणाम अनुसार मधेसमा मधेश केन्द्रित दलहरुको पनि नतिजा आउने प्रष्ट छ । यसले गर्दा तेस्रो चरणको निर्वाचनको नतिजाबाट पनि स्थानीय तहको जितको आधारमा हेर्ने हो भने एमाले भन्दा माथि जान निक्कै गाह्रो छ । तर यसरी नै एमालेलाई छाड्दै लग्यो भने त्यो एमालेको थप्पड काँग्रेशले नर्फकाउला पनि भन्न नसकिने अवस्था छ । तर पछिल्ला मत परिणाम हेर्ने हो भने त्यो संभवना न्यून रहेको छ ।
५ महिना अघि देखि शुरु भएको यो दौडको अन्तिम विन्दु के होला भन्ने सवैमा ठूलो चासोको विषय बनेको छ । जे होस गत असोज २ गते प्रदेश नम्बर २ मा सम्पन्न भएको १ सय ३६ स्थानको मत परिणामले काँगेश र एमालेको को पहिलो भन्ने जितको दौडको अन्त्य भने निष्चित रुपमा गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here