मन्त्रिपरिषद् विस्तार आचारसंहिता विपरितः निर्वाचन आयोग

0
874
निर्वाचन आयोगको कार्यालय

काठमाडौं, भाद्र २६ । निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तार आचारसंहिताविपिरत भएको ठहर गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । सरकारका यस्ता कदमले चुनावको निष्पक्षतामा असर गर्न सक्ने भएकाले यस्ता कार्य नगर्न नगराउन पनि आयोगले आग्रह गरेको छ ।

सरकारलाई ध्यानाकर्षण गरिएको विज्ञप्ति

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकका तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै सोमबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । यो आचार संहिता विपरित भएको भन्दै प्रमुख विपक्षी एमाले र राप्रपासहितका दलले विरोध गरिरहँदा आयोगले विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।

प्रदेश र संसदको चुनावका लागि भदौ १४ बाट आचार संहिता लागू भएको तथा १५ गते नै सरकारलाई  सातबुँदे निर्देशन दिइसकेको स्मरण गराउँदै आयोगले पछिल्लो मन्त्रिपरिषद् विस्तार त्यस विपरित भएको ठहर गरेको छ ।

पाँचौं पटक मन्त्रिपरिषद विस्तार

चुनावी आचारसंहिता कार्यान्वयनकै अवस्थामा प्रधानमन्त्री शेरवहादुर देउवाले सोमबार पाचौं पटक मन्त्रीपरिषद् विस्तार गरेका छन् । नवनियुक्ती मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सपथ ग्रहण गराएका छन् ।

तस्बिरः रासस

नवनियुक्त मन्त्रीहरुमा राप्रपा प्रजातान्त्रिकका दीपक  बोहरा, बिक्रम पाण्डे र सुनिलवहादुर थापा छन । उनिहरुलाई क्रमश विज्ञान तथा प्रविधि, बन तथा भू-संरक्षण र उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै राप्रपा प्रजातान्त्रिककै रेशम लामाले उद्योग राज्यमन्त्रीको रुपमा सपथ लिएका छन् ।

इतिहासकै ठूलो मन्त्रिमण्डल

४ जना सदस्यसहित पाँचौं पटक मन्त्रिपरिषद् विस्तार भएसँगै देउवा नेतृत्वको मन्त्रिपरिषद ५४ सदस्य पूगेको छ । जुन देउवा आफैंले ०५२ सालमा गठन गरेको ५२ सदस्यीय मन्त्रिमण्डल भन्दा ठूलो भएको छ । यसअघि देउवा आफैंले बनाएको सर्वाधिक ठूलो मन्त्रिपरिषद्को रेकर्ड उनि आफैंले तोडेपछि दोस्रो स्थानमा रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालाको ५० सदस्यीय मन्त्रिपरिषद् तेस्रोमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here