त्रिविमा कवि तुम्बेहाङ् लिम्बूलाई सम्मान तथा पुरस्कार हस्तान्तरण

0
2294
भाद्र १७, २०७४ शनिवार | बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागमा नपाली भाषी भूटानी कवि तुम्बेहाङ्लिम्बूको कविताकृति भाङ्ना पर्खालको सयपत्रीलाई नेपाली भूटानी साहित्यतर्फ वर्ष २०१६ को विश्व भूटानी वर्ष  उत्कृष्ट कृतिको रुपमा सम्मानित गरिएको छ । अमेरिकामा केन्द्रिय कार्यालय रहेको ग्लोबल भुट्निज लिट्रेररी अर्गनाइजेसनले २०१६ मै “बृहत अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान-३, २०१६” बीच पुरस्कार घोषणा गरेको यो कृतिलाई अहिले त्रिविस्थित साहित्यिक सङ्गठन क्रियटिभ लिट्रेररी फोरमसँगको सहकार्यमा सम्मान तथा उक्त पुरस्कार हस्तान्तरण गरेको हो ।

अहिलेलाई छोट्करीमा यति भनौं – भाषा साहित्यलाई विकास र प्रवद्धन गर्न लेखेर मात्रै पुग्दैन तर लेखकहरूको कार्यलाई कदर गर्दै उचित सम्मान पनि जरुरी हुन्छ | अन्य भाषा, समुदाय र देशहरूमा यस प्रकारको अभ्यास हुदै आएको देखिन्छ | तर नेपाली भाषी भूटानी समुदायको हकमा भाषा साहित्य अझैसम्म संस्थागत नभैसकेको सन्दर्भमा, लेखकलाई हौसला पुराउन साथै हाम्रो साहित्यमा गुणात्मकतासँगै गुणस्तरीय भित्राउन हामीले यो कार्यलाई आवश्यक ठानेर अगाडी बढाएका हौं |”

समीक्षक लीला लुँइटेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा लेखक राजन मुकारुङ, कवि उपेन्द्र सुब्बा, फिल्म निर्देशक प्रकाश आङ्देम्बे, कवि असीम सागर, प्राध्यापक महेश पौड्याल, प्राध्यापक राजकुमार बराललगायतका अतिथिहरुको उपस्थिति थियो ।

कार्यक्रममा कवि तुम्बेहाङ्लाई प्रमुख अतिथि लीला लुइँटेल, फोरमका संयोजक अनुप जोशी, तथा अतिथिहरुले संयुक्त रुपमा सम्मानित गरेका थिए ।

कार्यक्रममा भूटानी साहित्यमाथि आफ्नो मन्तव्य राख्दै समीक्षक लुइँटेलले भूटानी नेपाली साहित्यमा विशेषगरि कविता, महाकाव्य र गीत गजल नै बढी लेखिएको बताइन् । उनले भुटानमा नेपाली भाषाको विकासक्रमको बारेमा प्रकाश पार्दै भनिन्, “नेपाली जातीबाट प्रभावित भएर भूटानमा नेपालीहरुलाई लगिएको हो र त्यतिखेर देखि नै भूटानमा नेपाली भाषाको विकास भएको हो“ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका सहभागी साहित्यका विधार्थी

कार्यक्रमा पुरस्कृत कवि लिम्बूले “भूटान”, “कतै तिमी ह्याक भएको त छैनौ”, “हाम्रो संघर्ष” लगायतका आफ्ना केहि कविता सुनाए । भुटानबारे कविता पढ्दै कविले भने :

संसार चिहाउने आँखीझ्यालसम्म यहाँ बन्द गरिएको छ
…शिर ठाडो गर्नु राष्ट्रघात हो

नेपाल र भूटानको साहित्यबारे बोल्दै लिम्बूले भने, “नेपाल आफ्नो देश हो यहाँ स्वतन्त्रता हुन्छ । हामी बाचेको मुलुकमा खुलेर यस्तो कार्यक्रम गर्न मिल्दैन । अझै पनि हामीलाई यस्तो किसिमको कार्यक्रम गर्न छुट छैन“ ।

लिम्बूले अर्को एउटा रुवाइयात यसरी सुनाए :

लामो समयको अन्तरालमा कविता सुनाउने मनसुवा जाग्ने गरेको छ
सुनाउँदै जाँदा समाज र देश परम्परा तोडेको आरोप लाग्ने गरेको छ
खै कविताको शास्त्रीय परिथि साँघुरो हो कि म नै नअट्ने भएको छु
तर मेरो गाउँ समाज र देशले मासँग यस्तै कविता माग्ने गरेको छ

नेपाली भाषी भूटानी समुदायमा यसरी पुस्तकलाई पुरस्कृति गर्ने कार्यको पहिलोपटक थालनी गर्नुभएको छ; उदेश्य के हो भन्ने हाम्रो प्रश्नमा भयोग्लोबल भुट्निज लिट्रेररी अर्गनाइजेसनका संस्थापक तथा केन्द्रीय सदस्य एल.बी रिखामले भने – “यसको औचित्य थुप्रै छ | अहिलेलाई छोट्करीमा यति भनौं – भाषा साहित्यलाई विकास र प्रवद्धन गर्न लेखेर मात्रै पुग्दैन तर लेखकहरूको कार्यलाई कदर गर्दै उचित सम्मान पनि जरुरी हुन्छ | अन्य भाषा, समुदाय र देशहरूमा यस प्रकारको अभ्यास हुदै आएको देखिन्छ | तर नेपाली भाषी भूटानी समुदायको हकमा भाषा साहित्य अझैसम्म संस्थागत नभैसकेको सन्दर्भमा, लेखकलाई हौसला पुराउन साथै हाम्रो साहित्यमा गुणात्मकतासँगै गुणस्तरीय भित्राउन हामीले यो कार्यलाई आवश्यक ठानेर अगाडी बढाएका हौं |”

नेपालीभाषी भूटानी लेखकको कृतिलाई विश्वविद्यालयमा सम्मान गर्नु अत्यन्तै ऐतिहासिक क्षण भएको कार्यक्रमका अतिथि महेश पौड्यालले हाम्रो फोन सम्पर्कमा हामीलाईलाई बताए ।

भौगोलिक दूरीसँगै अमेरिकाको यात्रा अनुमतिपत्र नमिलेको कारण “बृहत अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान-३, २०१६” कार्यक्रम बीच उक्त पुरस्कार ग्रहण गर्न कबि असमर्थ भएको हुनाले क्रियटिभ लिट्रेररी फोरमसँगको सहकार्यमा ग्लोबल भुट्निज लिट्रेररी अर्गनाइजेसनले सो सम्मान तथा पुरस्कार हस्तान्तरण कार्यक्रम गरेको स्रोतले जनाएकोछ |

सन्तोष निराले संचालन गरेको उक्त कार्यक्रममा उल्लेख्य संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here