अरूकै आशामा बसेका शरणार्थीले बाडे आफ्नो गाँस

0
863

भदौ १०, २०७४ दमक | नेपाल स्थित् झापा गाऊँ पालिकाका वडा नं. ७ मदरगाछका बासिन्दा, बाढी पीडितलाई १ हजार ८ सय ७० केजी चामाल वितरण गरि भूटानी शरणार्थीले सहयोग पुर्याएका छन् |

झापा र मोरङ्ग गरि दुई शिविर क्याम्पक सचिब द्वय टिका राम रसाइली, चम्पा सिंग राईको नेतृत्वमा क्याम्प व्यवस्थापन समितिले उक्त राहत संकलन गरि गाऊँ पालिकाका वडा नं. ७ अध्यक्ष नेत्र प्रसाद उप्रेती र वडा सदस्य ईश्वरी दाहाल,  एल.दफ्लु.एफ(L.W.F) प्रतिनिधि योग्य प्रसाद राई, नगेन्द्र दाहाल, संचारकर्मी डिकेश लामा, गोपाल गड्तौला आदि जिम्मेवार व्यक्तित्वहरूको उपस्थितिमा उक्त गाऊँ पालिकाका ७३ घरलाई सहयोग वितरण गरिएको हो | यस कार्यको लागि  ढुवानी गर्न भनि एल.दफ्लु.एफ(L.W.F)ले गाडीको व्यवस्था गरेको थियो |

झापा र मोरङ्ग गरि दुई शिविरबाट प्रत्येक घर धुरीबाट एक किलोको डरले चामल संकलन गरि २५ किलोको दरले पिडित परिवारलाई वितरण गरिएको छ |

उक्त गाऊँ पालिकाका अध्यक्ष नेत्र प्रसाद उप्रेतीले सहयोग वितरण कार्यक्रमलाई सम्बोधन गर्दै भने –“भलै यो सहयोगको कम्ति होला तर हाम्रो लागि यो अत्यन्तै ठूलो सहयोग हो | अरूकै आशामा बसेकाहरूले आफ्नो गाँस काटेर हाम्रो यो दु:खमा साथ दिनुभएको छ | धनीले एक हजार किन नदियोस तर गरिबले आफूसँग मात्रै एक रुपियाँ भएको पनि दिन्छ भने त्यो एक रुपियाँ हजार भन्दा लाखौं गुना धेरै हो |”

बाढी पीडितहरू भन्नु हुन्छ –“हाम्रो केही पनि रहेन | सबै बाढीले बगाएर लग्यो | गाई, बाख्रा, कुखुरा, धनमाल, लगाउने, ओड्ने लुगा समेत सबै बगायो | कति दिनसम्म हामी स्कुलमा बस्दै आएका थियौं, अहिले आएर भने यो सानो झुपडी बनाएर बसेका छौं |” उनीहरुको यो दु:ख सुन्दा र देख्दा उनीहरूलाई यो घडीमा ठूलो सहयोगको आवस्यक छ तर भने जस्तो सहयोग नपुग्दा त्यहाँ भोकमारी र झाडापखाला जस्ता हैजाले त्यहाँको अवस्था निक्कै गम्भीर बनेको देखिन्छ | यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो, बाढी पीडितको अवस्था तराईको अन्य भेगमा यस्तै दयनीय अवस्था देख्न सकिन्छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here