देउवा भारत भ्रमणको दोस्रो दिनः ८ बुँदे सम्झौतादेखि, संयुक्त पत्रकार सम्मेलनसम्म

0
887
तस्बिरः भारतीय प्र.मको ट्विटरबाट ।

८ भदौ, काठमाण्डौं । बुधबारदेखि भारतभ्रमणमा रहेका प्रधानमन्त्री शेरवहादुर देउवा र  समकक्षी नरेन्द्र मोदीवीच आज भेटवार्ता भएको छ । भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा दुई देशबीच आपसी हित अभिबृद्धि गर्नेसम्बन्धि तयार गरिएका ८ वटा समझदारी पत्र आदानप्रदान गरियो ।

नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा हस्ताक्षर एवं हस्तान्तरण गरिएको समझदारीपत्र भूकम्पपछिको पुनःनिर्माणसँग सम्बन्धित चार वटा, मेची पुल निर्माण, लागुऔषधको गैरकानुनी ओसारपसार नियन्त्रण, गुणस्तर मूल्याँकन र लेखा परिक्षणसम्बन्धी विषयका छन् ।

संयुक्त पत्रकार सम्मेलन

समझदारीपत्र हस्ताक्षर तथा आदानप्रदान लगत्तै सुरु भएको संयुक्त पत्रकार सम्मेलनको प्रारम्भमा मन्तव्य राखेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संवादमार्फत सबै नेपाली नागरिकको आकांक्षालाई सम्बोधन गर्दै नेपालले संविधान कार्यान्वयन गर्न सफल हुने विश्वास व्यक्त गरेका छन ।

स्थानीय तहको दुई चरणको चुनाव सफलतापूर्वक सम्पन्न गराएकोमा नेपाल सरकारलाई बधाइ दिदै मोदीले देउवाको प्रशंसा समेत गरे उनले भने ‘लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन तपाईंले खेलेको भूमिकाको म प्रशंसा गर्छु ।’

मोदीले नेपाल भारत सम्बन्ध औपचारिक रुपमा ७० बर्षौ गाँठमा लम्किरहे पनि यो हिमल जत्तिकै अटल पूरानो रहेको बताउँदै दुबै मुलुकका बासिन्दा आपसमा गाँसिएकाले पारस्परिक सहयोगको क्षेत्रमा दुवै मुलुकको भागेदारी रहँदै आएको समेत बताए ।

यसैक्रममा उनले नेपालमा भारतको सहायतामा चलिरहेका विकास परियोजनाहरु हुलाकी रोड, सीमापार ऊर्जा ‘ट्रान्समिसन लाइन’, संयुक्त चेकपोस्टमाथि काम भइरहेकामा खुशी व्यक्त गरे । दुई देशीय हित अन्तरगत नै कटैया-कुशाहा, रक्सौल-परवानीपुर ट्रान्समिसन लाइनको उद्घाटन समेत भएको उनले सुनाए । त्यसबाट भारतले नेपाललाई दिइरहेको करिब तीन सय ५० मेगावाट बिजुलीमा करिब सय मेगावाट थपिने जानकारी दिए । विद्युतकै क्षेत्रको कुरा जोड्दै मोदीले अरुण तेस्रो जलविद्युत परियोजनामा नेपालमा रहेको मुआव्जा विवाद सुल्झेकामा खुशी व्यक्त गर्दै नेपाली समकक्षी देउवाले शिलान्यासका लागि गरेको निमन्त्रणाप्रति कृतज्ञता व्यक्त गरे ।

नेपाली भू-भाग भएको डुबानको सन्दर्भलाई इंकित गर्दै मोदीले सीमा बाँध नियन्त्रणका लागि समन्वय र परामर्शलाई अझ मजबुत बनाइने बताए ।

देउवाको बचन संविधान संसोधन

भारतीय समकक्षी मोदीको मन्तव्य सकिएलगत्तै मन्तव्य सुरु गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान संशोधन गर्ने बचन दिएका छन् ।

दुई तिहाई बहमुत नपुगेकाले संशोधन असफल भएको दृष्टान्त दिदै देउवाले भने, ‘म विश्वस्त छु, भविष्यमा बहुमतसहित  संविधान संशोधन हुनेछ ।’ संविधान संसोधन नभएपनि राजपा चुनावमा जान सहमत भएको उनले जानकारी गराएका थिए ।

दुई देशका विदेशमन्त्री र राजदूत सहभागी भएर दुई प्रधानमन्त्रीबीच हैदराबाद हाउसमा झण्डै आधा घन्टा कुराकानीपछि  पत्रकार सम्मेलन भएको थियो । पूर्वनिर्धारित तालिकाविपरित देउवालाई बुधबारै सर्पाइज भेट दिएर वान टू वान मिटिङ छलेको भारतले नेपाललाई अझै पनि दवावमा राख्न खोजको परराष्ट्र मामिलाको जानकारहरुले अर्थ्याएका छन् ।

संयुक्त पत्रकार सम्मेलनको पूरा भिडियोका लागि यहाँ क्लिक गर्नहोस् ।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here