त्रिचन्द्र क्याम्पसको शतवार्षिकी आरम्भ

0
1040

५ भाद्र, काठमाण्डौ । सन् १९१७ मा आजका दिन नै तत्कालीन राणा श्री ३ चब्द्र शमसेरले त्रिचन्द्र कलेजको आधारशीला राखेका थिए | कार्यक्रमको उद्घाटन गर्दै “यो कलेज खोलेर मैले आफ्नै खुट्टामा बन्चरो हान्ने काम गरेको छु” भनेको १०० वितेछ |

तत्कालीन समयमा नेपालमा आधुनिक कलेज या विश्वविद्यालय थिएनन् | सक्नेले भारत गएर उच्चशिक्षा प्राप्त गर्थे नसक्नेले गोठाले जीवन विताउनु पर्थ्यो वा राणाजी का सीपाही बन्नु पर्थ्यो |

तत्कालीन त्रिचन्द्र त्रिचन्द्र कलेज नेपालको एकमात्र आधुनिक शिक्षा दिने विद्यालय थियो जहाँ राणाहरूका छोराछोरी वा तिनका विश्वासपात्र वा ठूला ब्यापारिक छोराछोरीले मात्र पढाउन पाउथे |

यो स्थापित हुँदा देशमा विश्वविद्यालय थिएनन् | यो कलेज पटना विश्वविद्यालय भारतको आंगिक क्याम्पसका रूपमा संचालन हुन्थ्यो | र परीक्षा दिन निकै कष्ट गरेर पटना जानु पर्थ्यो |

पछि १९९७ सालमा तत्कालीन शिक्षा विभागको आग्रहमा नेपाल मै परीक्षा लिएर कापी जाँच्न भने पटना नै पठाउने गरिन्थ्यो | यो क्रम त्रिभुवन विश्वविद्यालय स्थापित नहुँदासम्म चलिनै रह्यो |

२०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएसंगै यो नेपालको सबैभन्दा जेठो विद्यालय त्रिविविको आंगिक क्याम्पसमा रुपान्तरित भयो र आज पनि आंगिक क्याम्पसका रूपमा २७ वटा विषयहरूको पठनपाठन भैरहेको छ |

आज क्याम्पस प्रमुख प्रा.डा. प्रदीप बहादुर न्यौपानेको अध्यक्षतामा शतवार्षिकी समाहरोहको आरम्भ भयो | यस कार्यक्रमको उद्घाटन यसै क्याम्पसका पूर्वविद्यार्थी तथा प्रधानमन्त्री शेरवहादुर देउवाले गर्नुभयो |

कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले भने “त्रिचन्द्र कलेज” देशको गौरव हो | यसले धेरै राजनेता, कर्मचारी तथा विद्वानहरू जन्माएको छ | यस कलेजका विद्यार्थीहरूले सधैं परिवर्तनको नेतृत्व गरिरहेका छन् |

यो कलेजलाई नेपालको शिक्षाक्षेत्रको प्रमुख केन्द्रका रूपमा विकसित गर्नुपर्छ र यो कलेजका लागि मैले यदि कुनै योगदान गर्न सक्छु भने अवश्य गर्नेछु|

कार्यक्रममा प्रधानमन्त्रीले प्रसिद्ध संस्कृतिविद ९८ वर्षीय सत्यमोहन जोशी तथा एकजना अन्य नेपाल सरकारका वरिष्ट कर्मचारीलाई “पूर्वविद्यार्थी”का रूपमा सम्मान गर्नुभएको थियो |

कार्यक्रममा उपप्रधानन्त्री तथा शिक्षामन्त्री गोपालमान सिंह, कृषिमन्त्री, समाज कल्याणमन्त्रीआदि वरिष्ट मन्त्रीहरूको उपस्थिति थियो भने करीव १२ सय अध्यापक, विद्यार्थी र सर्वसाधारणहरूको उपस्थिति थियो |

कार्यक्रम सन् वर्षभरी नै चलिरहने कुरा आयोजक समितिका सदस्य डा. गोविन्दशरण उपाध्यायले बताउनु भयो भने अर्का सदस्य दिपेन्द्र पराजुलीले समस्त देशविदेशमा रहेका नेपालीहरूसंग सहभागिताका लागि अनुरोध गर्नुभयो |

Like and Subscribe us

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here