दोक्लामा प्रकरणः कति हो भूटानको शक्ती ? आफ्नै नागरिक शरणार्थी बनाउने अभियानमा भूटानलाई किन साथ दियो भारतले ?

0
4234

भारतले के चीनलाई समेत हेप्ने स्थितीमा पुगेको हो त ?

४ भाद्र, काठमाण्डौ । भूटान भारत र चीनको त्रिदेशीय विन्दु दोक्लामको विषयमा भारत चीनबीचको उत्कट तनावको विषय मत्थरजस्तो देखिए पनि यूद्धको खतरा नै भनेको नटरेको जानकारहरु बताउँछन ।

डा. केपी शर्मा

चीन आफ्नो शक्ति हस्तान्तरण र अर्थतन्त्रको विषयमा केन्द्रीत भएको मनोविज्ञान बुझेर भारत आक्रमक र चीन प्रतिरक्षात्मक अवस्थामा देखिरहदा यो क्रम आउँदो डिसेम्बरमा चीनमा हुने ब्रिक्स  (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका मिलेर अन्तराष्ट्रिय सम्बन्ध र आपसी सहयोग अभिबृद्ध गर्ने उद्देश्यले सन् २००९ मा गठित फोरम ) सम्मेलनसम्म दोक्लाममा खटपट जारी रहने अन्तराष्ट्रिय मामिलाका जानकार डा. केपी शर्मा बताउँछन् ।

उनै शर्मालाई Globalpostinfo.us का लागि पत्रकार भूपाल लुईटेलले भूटानको तागत कति हो ? भारत चीन युद्ध हुन्छ कि हुन्न ? नेपालले के गर्नुपर्ला ? र आफ्ना नागरिकलाई धपाएर शरणार्थी बनाउन समेत उद्दत हुने भूटानलाई भारत किन सघाइरहन्छ ? लगायतका विषय समेटेर अन्तरवार्ता लिएका छन् । प्रस्तुत छ सोही अन्तरवार्ताको विस्तृत विवरण –

  • शर्मा ज्यू भूटानलाई त तालपर्दा नेपालले नै डोमिनेट गर्छजस्तो लाग्थ्यो उसले त चाइनालाई नै थर्काइरहेको जस्तो देखिन्छ, यो के आधारमा गरिरहेको छ ?

खासमा भूटानले चाइनालाई थर्काएको भन्दा पनि भूटानलाई चाँही भारतले आफ्नो संरक्षित राज्यको रुपमा ग्रहण गरेको छ र उसले त्यही खालको सन्धिमा पनि हस्ताक्षर गरेको छ । त्यही कारण भारत भूटानको रक्षाको निम्ति त्यसको जिम्मेवारी मेरो हो र मैले अघि बढ्नुपर्छ भन्ने हिसावले त्यही दलिलमा भारतले दोक्लाम मुद्धालाई अघि बढाएको हो । देख्दाखेरीचाँही भूटानसँग जोडिएजस्तो लाग्छ त्यो त देखिने एउटा निउ मात्र हो ।

  • उसो इण्डियाले डोमिनेट गर्यो नि त चाइनालाई तपाईले भनेको मान्ने हो भने ?

हा हा ..(मुस्कुराउँदै ) अब यस्तो भयो कस्तो भने एकदम सहि कुरा हो कस्तो छ भने अहिले सतहमा हेर्दाखेरी र इभन चाइनाकै जनताको एंगलबाट यो हेर्नुहुन्छ भने पनि चाइनीजहरुको मोरल पनि डाउन भएको अवस्था हो । भारतले चाइनामाथि दवदवा कायम गरेको अवस्था हो यसलाई हामिले स्विकार्नुपर्छ ।

  • चाइनालाई रियालिस्टिक ग्राउण्ड पनि यही हो त उसको तागत छैन अब ?

भारतचाँही एकदम एग्रेसिभ अनि अफेन्सिप र चाइनाचाँही डिफेन्सिप भएको देखिन्छ तर रियलमाचाँही इण्डियाभन्दा कमजोर वा चाइनालेचाँही इण्डियासित लड्न नसक्ने याचाँही सामरिक महत्वको हिसावले वा आर्थिक हिसावले चाइना तल परेको भन्नेचाँही पटक्कै हैन ।

  • कसरी त्यस्तो हैन भन्न सकिन्छ सन् १९६२ मा युद्ध हुदाँताको अवस्थामा त भारत छैन उसँग पनि परमाणु हतियार छ ?

त्यसो त यसरी तुलना गरौं न जस्तै परमाणु हतियारकै कुरा गर्नुहुन्छ भने भारतसँग atomic nuclear power हो भने चीनसँग hydrogen हो । तुलना गर्नै मिल्दैन शक्तिको हिसावले ५० औं गुणा तलमाथि पर्छ ।

दोस्रो तपाई के हेर्नसक्नुहुन्छ भने इकोनोमिकको कुरा जिडिपीको कुरा भारतको Per capital income १ हजार डल्लर छ भने चीनको ७ हजार डल्लर छ । यस हिसावले हेर्दा आर्थिक दृष्टिले पनि भारतभन्दा चीन ६ गुणा माथि छ । त्यसैले कुनै पनि राष्ट्र कति बलियो छ भन्ने कुरा त्यसको टेक्नोलोजि र इकोनोमीले डिटरमाइन गर्छ । टेक्नोलोजिको हिसावले हेर्नु भयो भने पनि चीनसँग फिप्त जेनेरेसनको nuclear weapon  छ भने भारतसँग थर्ड जेनेरेसनको nuclear weapon  छ त्यो पनि पूरानो रसियनकालिन रसियाले पनि धेरै अगाडी दिएको भरमा इण्डिया अडिरहेको छ । यसको अर्थचाँही के हो भने आणविक रुपबाट, आर्थिक रुपबाट, सामरिक रुपबाट चाइना कमजोर भएर ऊ डिफेन्सिप भएको मलाई लाग्दैन ।

  • देख्दा त त्यस्तो रहेनत भारत कति शक्तिशाली रैछ भनेर संसारमा म्यासेज फैलिसक्यो त ?

हा हा ..( फेरी मुस्कुराउँदै ) एकदम हो यसरी हेर्दा सतहमा त्यो देखिएको छ । तर कहिलेकाँही के हुन्छ भने कहिलेकाँही परिणाम पर्खनुपर्ने पनि हुन्छ ।  तर चाइनिजहरुको दृष्टिकोणबाट हेर्दा मलाई के लाग्छ भने उनिहरुले संयमता अपनाएको हो कि । अब फस्ट इकोनोमिका लागि उनिहरु होडबाजीमा चलिरहेका छन् ।

शर्मा गरिएको कुराकानीको विस्तृत विवरण यो लिंङ्कमा हेर्न सक्नुहुनेछ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here