बुबालाई चिठी

0
7053
ईस्वर ढकाल

मितिः ०८/१३/ २०१७
पूजनिय बुबा,
हजुरको चरणमा शिर निउराई ढोग, अनि मुटु भरी अशिमित माया ।
धन्य बाबा हजुरको खुशिनै मेरो परिवारको खुशि सम्झने म, आज हजुर जती खुशि हुनुहुन्छ म पनि त्यो भन्दा कम हर्शित भएको छुईन । जुन दिन हजुर आफ्ना नङ्–मासु खियाएर हाम्रो स्याँहार–सुसारमा ब्यास्त हुनुहुन्थ्यो, हामी मात्र नभएर सिङ्गो परिवार अनि त्यो भूटानको अत्ति विकट गाउँ साम्ची जिल्ला दोरोखा डुङ्खाग्को रेलुखा गाउँमा ति गरिबीले पिल्सिएका डुङ्गाको गह्रे घरमा बसोबास गरि खेतिपाती र भोटेको कुल्ली, भरिया गरेर जिविकोपार्जन गर्ने बिचरा नेपाली भाषीहरुको सेवामा हर्दम पसिना वहाउनु भयो । समाज सेवा गर्ने क्रममा त्यो गाउँको मण्डल भएर पनि स्वयँसेवा गरिनै रहनु भयो, यद्यपि त्यो समाज सेवालाई समयको काल खण्ड भनौ या त्यो भोटेको निरङ्कुश शासनको पराकाष्टा भनौ हामी तोतेबोलीमै तपाईको काखमा लुटमुटिने बेलामा, सायद म पाँच बर्षको थिए होला, एक दिन साँझ छिप्पिनै लागेको थियो ः आमा र दिदि (फुपूको छोरी) ढिकिमा धानको घान हालेर ब्यास्त हुनुहुन्थ्यो त्यहि बेला करिब १५ जनाको हुल पाङ्रे पोषाकमा घरको ढोका तिर लम्के , ३ जना सरासर भित्र पसि हजुरको हात समाई सरकारको आदेस भन्दै दुबैहात पछाडी लगेर बाँदि हिड् भन्दै लग्यो । त्याहाँ बाट के–के भयो मलाई थाहा भएन । त्यो समयमा मेरा यी कलिला आँखाले ३ दिन र ३ रात पश्चात मात्र फेरि हजुरको मुहार देख्न पाएँ, त्यो अवश्था अझै आँखामा झलझली आइरहेछ ।जुन बेला हजुर त्यस्तो विकट गाउँ भए पनि स्कूलको नाममा एक कक्षा पनि नपढ्नु भएको तर पनि ति विचरा गरिबहरुका लागी आफ्नो ज्यानै दिन पछि पर्नु भएन । त्यो गाउँमा साच्चै भनौ भने झाडा–पखाला लाग्दा प¥याप्त पानी पिउनु पर्छ भन्ने सायद पहिलो ब्यत्तिनै हुनुहुन्थ्यो होला । त्यो समाजको सेवाका लागी नै हजुरले साम्चि सम्म आएर प्राथमिक स्वस्थ्य सम्बन्धि तालिम लिन बाध्य हुनुभो, जस्को सानो शिक्षाले सिङ्गो गाउँलाई आफ्नो घरमा एउटा दराजमा ँष्चकत ब्ष्म का औषधिहरु राखि निशूल्क सेवा पु¥याउँनु भएको थियो । बजार आउन तिन दिन पैदल लागेता पनि रोगी र बिरामीहरुलाई धामी–झाँक्रीमा मात्र विश्वास लिनु हुन्न भनेर कालो अक्षर भैसि बराबर गाउँलेहरुलाई सम्झाउँनु हुन्थ्यो । फलस्वरुप मेरै काईला बडा पनि हड्डीको बिरामले कुँझि सक्नु भएको थियो, तर हजुरकै सेवा र ज्ञानले गर्दा आज पनि वहाँ हामी सामु मुस्कुराई रहनु भएको छ । लाग्छ तपाई आफ्नो देश, निमुखा र अशिक्षित जन्ता, भाषा–भेष र संस्कृतिको रक्षार्थ खटिनु भएको एक योद्धा हुनुहुँदो रहेछ । त्यसै कारण त्यो निरङ्कुश्ताले त्यो सेवा पचाउन सकेन र दियो तिन दिन तिन रात क्रुर यातना; सुन्न मा आयो यातना पनि नेपालीकै घरमा थियो रे । उदो मुन्टो लाएर झुण्डाएको थियो रे, जब नाक–मुखबात रगत सरीको राल–सिगानको थोपा देखिन थाल्यो अनि फेरि केहि मिनेट ठाडो पर्दै पुनः त्यस्तरि नै झुण्डाउँदै अनेक यातनाहरु झेल्नु भो रे । तर पनि जव घर मा आउनु भो हाँसेर आउँनु भएको थियो । यो हजुरको आँट र धैर्य देखि म त्येतिनै बेला देखि प्रभावित छु ।जति यातना भए पनि आफ्ना गाउँका जन्ता म देश निकाला गर्दिन भन्ने लिखित प्रतिबेदनकै आधारमा तँ देशद्रोहि भन्दै तत्कालिन मण्डल लाल बहादुर लेप्चा र कारबारी मङ्गलहाङ् सुब्बाको साहारामा घरमा ताल्चा लाउन भनेर निरङ्कुश्ताका शेनाहरु आए, अन्ततोगतः मात्रिभूमी बाट लखिटिनु नै प¥यो । देशबाट निस्कनुको पिडालाई त कसरी यो पेपरमा रङ्गाउन सकिन्छ र, यो पीडा र रोधन ओकल्ने थुप्रै भूटानी लेखकहरुले पुस्तकहरु प्रकाशन गरिसक्नु भएको छ भने यस दर्पणलाई जिवित राख्ने प्रयासमा बिभिन्न चलचित्रहरु पनि छायांकन भएका छन । यी कुराहरुलाई मौका मिल्दा नियाल्न नभुल्नु होला । देशबाट निकाला भए पश्चात नेपाल सरकारले त शरण दियो तर राष्ट्रियता दिन सकेन र दिन पनि चाहेन । हुन त हाम्रा आँखा अगाडी भारतीय बेपारी वा दलालहरुलाई खल्तीमा नागरिक्ता बोकेर पनि नेपाल सरकारले दियो जस्ले आज पनि हिन्दि भाषाका लागी एक मदेस–प्रदेशको माग तेस्र्याई रहेछन । विडम्बना यति मात्र हो हामीले अंगाल्ने संस्कृति, बोल्ने भाषा, लाउने पोषाक आदी इतिश्री कुराहरु नेपालका नेपाली सँग त फरक पर्दैन नै थियो । भूटांगे भनेर गिराएर बोल्थे हाम्रा नेपाली दाजुभाईहरु तर पनि हामी आफ्नो पहिचान जोगाई राख्न हामी भूटानी मूल्का नेपाली भन्न बाध्य भयौ र ऐले पनि त्यसै भन्छौ । जसोतसो भए पनि नेपाली हुनुमा हामी गौरव गर्छौ । करिब २० बर्ष नेपालको पूर्वि भागमा शरणार्थी जीवन बितायौं । हामी मसिनै भएका कारण हजुरले यस ठाउँमा पनि धेरै आरोह–अवरोह झेल्नु प¥यो, तथापी आफ्नो समाज सेवा प्रतिको लगावलाई यहाँ पनि भुल्नु भएन । प्रतिनिधी, सेक्टर हेड, काउन्सिल बोर्ड चिफ, फोकल पइन्ट आदि जस्ता शरणार्थी शीविरका स्वयंसेवाका पदहरुमा रहेर आफ्नो सेवा दिइनै रहनु भयो । प्राय खुदुनाबारी क्याम्पमा बस्ने शरणार्थीहरुले दुर्गलाल ढकाल भन्दा चिन्दिन भन्ने ब्यत्ति विरलै भेटिएला । जतिसुकै र जस्तोसुकै तनाव र पिडाहरुले हजुरलाई पिरोलीनै रहे पनि वयवृद्ध हजुरबुबा–हजुरमुमा र परिवारका लागी आफ्नो समय, सहयोग र टेवा पु¥यइनै रहनु भयो । हजुरकै उपदेश र मार्ग निर्देशले गर्दानै म लगायत सिङ्गो परिवारनै आज यो ठाउँ सम्म आइपुगेका छौ । हजुरको सेवा कहिलै पनि पेवा भएन, यसको मोल त हामीले कहिलै पनि तिर्न सक्ने छैनौ केवल माया सदैव रहिरहने छ ।

आज म असाधै खुशि र हर्सित भएको छु । मलाई आज जीवनको एउटा सपना पुरा भएको महसुस भएको छ, कारण मेरा बाबा पढाईमा एक कक्षा पनि पढ्न नपाउनु भएको, त्यो बेलाको बाध्याता वा भाग्यको दोष यसै भन्न म सक्दिन, तर आज आएर आफ्नै मेहनत र परिश्रमले तेह्र धर्सा र पचास तारा अंकित झण्डा फहराउने देश जाहाँ अंग्रजीलाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिइन्छ, जाहाँ परिक्षामा बसेर पास हुँदामात्र नागरिक भइन्छ त्यस्तो देशको नागरिक घोषित हुनभएको छ । नागरिक्ताको प्रमाण पत्र बोकेर सगौरव तस्विर खिच्न सक्षम हुनुभएको छ । यस्तो देशमा जुन देश विश्वका धेरै ब्याक्तिहरुको सपनाको देश जाहाँ खुलेहाम गाडि गुडाएर हिड्न सक्ने हुनु भएको छ । यो नै मेरा लागी तथा हाम्रा लागी खुशीको पल भएको छ । बाबा हजुर धन्य हुनुहुन्छ । आज हामी सबै भाग्यमानीका पात्र भएको महसुस गर्दछौ । मुरि–मुरि बदाई छ हजुरलाई, हजुरको यो ठूलो उपलब्धि हो ।

उहि हजुरको स्नेहि छोरो ईस्वर ढकाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here