अमेरिकन भूटानी कलाकारितामा सृजनशील आयाम: मेरो डान्स कप यु.एस.ए.

0
1949

अमेरिकन भूटानीहरूलाई लक्षित गरेर अमेरिका भर छरिएर रहेको नृत्य विधाको प्रतिभा खोज्न वार्षिकरूपमा आयोजना हुने एजी(AZ) स्टुडियोद्वारा सन्चालित नृत्य प्रतिस्पर्धाको कार्यकर्म मेरो डान्स कप यु.एस.ए.सिजन-२को अन्तिम निर्णायक चरण भोलि सम्पन्न हुदैछ |

हालसम्मको हाम्रो कलाकारिता, साहित्य र सृजना केवल रहरै रहरमा बिलएका छन् | चर्चाको लोभ र आलोचना तिरै भुलिएका छन् | त्यसैले सकारात्मकरूपको प्रतिस्पर्धी र व्यवसायिक कलाकारिता प्रणालीको विकास गरी व्यवस्थित तरिकाले बजारसम्म सरल र उचित मूल्यमा पू¥याउन संरचनात्मक प्रणालीको निर्माण गर्नु अबको हाम्रो अर्को चुनौती हो |

एजी(AZ) स्टुडियोद्वारा सन्चालित मेरो डान्स कप यु.एस.ए. मार्फत गरिएको यस प्रकारको संगठनिक प्रयासले उल्लेखित चुनौतीलाई सम्बोधन गर्ने प्रशस्तै बाटो खुलेको छ |

इन्टरनेसनल होम क्यर (Intranational Home Care-दिल्ली अधिकारी), चेवरोन/सेल फुड मार्ट(दिलिप दाहाल) जोर्शिमल ज्यवेलारी(Jorshimal JewelryRochester, NY), नेपाली क्लोथिंग एड कस्मेटिक(Nepali Clothing & CosmeticPittsburgh, PA), रोहन ज्यवेलारी(Rohan Jewelry Akron, OH) , नमस्ते मार्केट(Namaste Market Akron, OH), नेपाली क्लोथिंग एड टैलोरिंग सेन्टर(Nepali Clothing & Tailoring Center Rochester NY), नेपाली किचन(Nepali Kitchen Akron OH​​) आदि प्रायोजक साथमा मनोरथ पोख्रेल, गणेश प्रधान, रोबोट उप्रेती, प्रकास मिश्र दाता रहेका उक्त कार्यक्रमको निर्णायक चरणको यो पूर्वसन्ध्यासम्म आइपुग्दा मेरो डान्स कप यु.एस.ए ले राम्रो लोकप्रियता हासिल गरेको स्पष्ट देख्न सकिन्छ | निष्पक्ष र निर्विवादित रहँदै सफलतापूर्वक उक्त कार्यक्रमको प्रशारण गरेर अमेरिकन भूटानी नृत्य कलाकारिता क्षेत्रमा ठूलो टेवा पुर्याएको यथार्थ घाम जस्तै छर्लङ्ग छ |  अमेरिकन भूटानी कलाकारिताको विकास र प्रवद्र्धन गर्न हाम्रा प्रतिभावान भाई बहिनीलाई यस प्रकारको अवसर प्रदान गर्नु अत्यन्त जरूरी थियो l मेरो डान्स कप यु.एस.ए ले यो आवश्यताको ठूलो हिस्सा पुरा गरेको छ भन्दा अतियूक्ति नहोला | यस मानेमा हामीले यस महान कार्यको प्रसंशा नगर्ने हो भने ठूलो अन्याय हुन जान्छ |

हालसम्मको हाम्रो कलाकारिता, साहित्य र सृजना केवल रहरै रहरमा बिलएका छन् | चर्चाको लोभ र आलोचना तिरै भुलिएका छन् | त्यसैले सकारात्मकरूपको प्रतिस्पर्धी र व्यवसायिक कलाकारिता प्रणालीको विकास गरी व्यवस्थित तरिकाले बजारसम्म सरल र उचित मूल्यमा पू¥याउन संरचनात्मक प्रणालीको निर्माण गर्नु अबको हाम्रो अर्को चुनौती हो | एजी(AZ) स्टुडियोद्वारा सन्चालित मेरो डान्स कप यु.एस.ए. मार्फत गरिएको यस प्रकारको संगठनिक प्रयासले उल्लेखित चुनौतीलाई सम्बोधन गर्ने प्रशस्तै बाटो खुलेको छ | यस सन्दर्भमा यती भन्न सकिन्छः मेरो डान्स कप यु.एस.ए.ले अमेरिकन भूटानी नृत्य कलाकारितालाई उचित दिशा तर्फ डोराउदै गरेको छ |

एजी(AZ) स्टुडियोले गरेको यस प्रकारका प्रयासहरूलाई अमेरिकन भूटानी समुदाय र सम्बन्धित् संस्थाहरुले अहंम, पूर्वाग्रह, साम्प्रदायिक विभेद, दोषारोपण जस्ता तत्वहरू भन्दा माथि उठेर साथ र समर्थ गर्ने हो भने चाडै सम्बृद्ध समाज र सम्मानित पहिचान निर्माण हुने कुरामा विश्वस्त हुन सकिन्छ |

अन्तमा, अगस्ट १२, २०१७मा हुने उक्त निर्णायक चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न होस् – हामी शुभकामान ब्यक्त गर्दछौं र साथमा आग्रह पनि गर्छौं कि

जाऊ सबै मिली
अनि रमाउ हामी
भाई बहिनिहरूको
सुन्दर कला हेरी |

स्मरण रहोस्, उक्त कार्यक्रमको निर्णायक मण्डलमा नायक दिलिप रायमाझी, नायिका केकी अधिकारी, नृत्य गुरु डी.बि गुरुङ र अमंजु भुजेल रहेका छन् भने प्रजित राना र सुनिता गुरुङ कार्यक्रम सन्चालक रहदै आउनुभएको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here