भूटानी शरणार्थी शिबिरमा मेपपिंग सुरु: व्यवस्थित घर बनाइने

0
1394

साउन २०७४ २७ शुक्रवार-युएनएचसीआर दमक झापा नेपालद्वार नेपाल स्थित् बेलडाँगी २ सेक्टर ए, बि, सीबाट मेपपिंग(Mapping)को सुरुवात गरिएको छ | हिजो अगस्ट ९ २०१७ गते उक्त मेपिंग कसरी गर्ने भन्ने विषयमा भूटानी शरणार्थी शिबिर शनिश्चरेबाट ६ जना, भूटानी शरणार्थी शिबिर बेलडाँगीबाट १८ जनालाई एक दिने सैद्धान्तिक तथा प्रयोगात्मक तालिम दिइएको थियो |  उक्त तालिमको सुअवसरमा युएनएचसीआर उप कार्यालय प्रमूख अन्ना पेलोसीद्वारा प्रशिक्षक जोली र एन्ड्रीअलाई स्वागत गर्दै युएनएचसीआरले मेपिंग गरिसकेर घर बनाइदिने तर छोडेर नजाने बताउदै शिविरमा यस्तै हल्ला छ होला अन्यौलमा नपर्नु भनि आग्रह गरे |

हाम्रो त्यहाँ स्थित् सम्बादाता डेबिटको अनुसार कहाँ के छ, रुख-पात, जमिनको अवस्थाको अनुसन्धान गरि गुणस्तर बसाईको व्यवस्था मिलाउन उक्त मेपपिंगको विशेष उदेश्य रहेको छ | कसैको घर ठूलो र कसैको सानो भएकोले सबैको एकै लम्बाई र चौडाइ हुनु पर्ने, स्थानीयकरण र भूटान फिर्ती तुरुन्तै नहुने, पुनर्वासको कारण शिबिर खाली हुदै गएको, अव्यवस्थित र असुरक्षा बढ्दै गरेको, यस्ता विविध कारण शिविरको बसाईमा पुनरावलोकन गर्नु पर्ने देखिएकोले राम्रो ठाउँमा बसोबास, सफा, सहज, फराकिलो र सुरक्षित तरिका अपनाउन मेपपिंग गरिएको हो |

यो मेपपिंगको बिधि भने अलिक फरक रहेको छ | एन्ड्रोइड(Android) फोनमा रहेको उपग्रहको सहायताले चल्ने कलेक्टर नामक एप्सको प्रयोगद्वारा गरिन्छ |

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here