नर्थ–क्यारोलिनामा श्रद्धान्जली कार्यक्रम

0
2437

सारलोट समाचारदाता ०८//२०१७– राष्ट्रिय–अन्तराष्ट्रिय ख्याति प्राप्त विद्वान, वैदिक सनातन धर्मका धरोहर, भक्तिदर्शनका प्रखर ब्याख्याता, राष्ट्रभक्ति परम वन्दनीय सन्तशिरोमणि आचार्य श्री खेमराज केशवशरण महाराजको गत हप्ता नेपालको काठमाडौंमा आफ्नो भौतिक शरिर त्यग गरि गोलोकधाम गमन भएको छ । उहाँको जन्म वि.स. १९९४, कार्तिक २५ गते र मृत्यु वि.सं २०७४, श्रावण १८ गते बुधवारका दिन भएको हो  र हिजो दिनको अपराह्न अमेरिकाको नर्थ–क्यारोलिना राज्यको सार्लोट सहर स्थित भूटानीस् कमुनिटिस् एस्सोसियसन् अफ सारलोटको सभा कक्षामा उनको निधनले शोकाकुल बनेका नेपाली भाषी भुटनी श्रदालु भक्तजनहरुले श्रद्धान्जली कार्यक्रम सम्पन्न गरेका छन् |

उहाँको निधनले विश्वभरि छरिएर रहेका सम्पूण नेपालीहरुलाई मर्माहात बनाउनुका साथै दुखि तुल्याएको छ । संस्कृत जगत, धार्मिक क्षेत्र, तथा धार्मिकसंचार क्षेत्रमा विश्वमानै अपूर्णीय क्षति पुगेको र वैदिक सनातन जगतलाई स्तब्ध बनाएको कुरा विश्व भूटानी हिन्दू समाज (GBHO) का अध्यक्ष श्री कमल धिमाल ज्यूले बताउनु भयो |

हामी सम्पूर्ण नेपाली भाषी भूटानीहरुमा उहाँले पुर्याउनु भएको योगदान कहिलै भुल्न सकिन्न । शरणार्थी शिविरहरुमा भएका महान धार्मिक कार्यक्रमहरु अविस्मरणीय रुपमा हाम्रा आँखाँहरुमा ताजै झल्किरहेका छन् । लिएर होइन दिएर बाँच्ने र सिकाउँने उहाँ जस्तो क्षमतावान गरिमामय ब्यक्तित्वको अभाव सधैँ सनातन जगतमा खड्किरहने छ । सनातन हिन्दूधर्मलाई विश्वभरिनै जिवन्त राख्न दर्जनौ भाषामा प्रवचन गर्न सफल एक माहान विद्वान, अभियान्त आज यस धर्तिबाट बिदा हुँदाको पिडा शब्दमा राख्न नसकिने कुरा गुरुमाहाराजसँग करिव एक दशक सँगै भजन गायनमा समय विताएका भजन गायक श्री उदय दाहाल लगायत अन्य श्रद्धान्जली कार्यक्रमका बक्ताहरुले बताए ।

उहाँको निधनले विश्वभरि छरिएर रहेका सम्पूण नेपालीहरुलाई मर्माहात बनाउनुका साथै दुखि तुल्याएको छ । संस्कृत जगत, धार्मिक क्षेत्र, तथा धार्मिकसंचार क्षेत्रमा विश्वमानै अपूर्णीय क्षति पुगेको र वैदिक सनातन जगतलाई स्तब्ध बनाएको कुरा विश्व भूटानी हिन्दू समाज (GBHO) का अध्यक्ष श्री कमल धिमाल ज्यूले बताउनु भयो |

विद्वान र विद्यालाई सँधैव श्रद्धा गर्न पछि पर्नु हुन्न भन्ने कुरालाई उजागर गर्दै, यस दुःखद् घडिमा सारलोट नोर्थ क्यारोलिनामा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषी भूटानीहरुले आचार्य श्रीका चरणमा सभक्ति अश्रुपूर्ण श्रद्धान्जली अर्पण गरेको छ । हाम्रा समाचारदाता एल. बी. रिखामका अनुसार कार्यक्रममा दुई दर्जन भन्दा बडी ब्यत्तिहरुले महाराज गरुज्यूले दिनुभएका दिब्य दर्शन र उपदेशहरु भूल्न नहुने कुरालाई जोड दिंदै भावपूर्ण श्रद्धान्जली अर्पण गरेका थिए । कार्यक्रमलाई श्री ईश्वर ढकालले संचालन गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here