शरणार्थी प्रतिनिधि मण्डल ज्ञापन पत्र बुजाउदै काठमाडौंमा

0
1093

साउन ७, २०७४ – शरणार्थी काे अावाज लिएर सम्बन्धित  निकायसँग भेट वार्ता गर्न भुटानी शरणार्थी प्रतिनिधि मण्डल काठमाडौंमा पुगेका छन् | यस सम्बन्धि नेपाली अधिकारीहरुले परिचय र सहायता नपाएका भुटानी शरणार्थीको समस्या समाधान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
शरणार्थी प्रतिनिधिहरुसँगको भेटमा उनीहरुले शरणार्थीको घर फिर्तीको लागि पनि पहल गरिने बताएका छन् ।
गृहमन्त्री जनार्दन शर्माले शरणार्थी समस्याको न्यायोचित समाधानको लागि नेपाल सरकार प्रतिवद्ध रहेको बताए । शर्मालाई उद्धृत गर्दै भुटानी शरणार्थी शिबिर ब्यवस्थापन समितीका एकजना

पुर्व सचिब युवराज साम्पाङले भने, “परिचय नपाएर सहायताबाट बञ्चित तथा संकटाभिमुख अवस्थामा रहेका शरणार्थीबारे नेपाल सरकार सम्वेदनशिल छ ।”


शरणार्थी प्रतिनिधिहरुले पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, एमाले केन्द्रिय सचिब प्रदिप ज्ञावाली, पुर्व मन्त्री तथा काँग्रेस नेता केशबकुमार बुढाथोकी लगायतसँग भेटघाट गरेका थिए । २५ जुलाईदेखि झापाबाट काठमाण्डौ पुगी अधिकारीहरुसँग भेटघाटमा संलग्न भुटानी शरणार्थी प्रतिनिधि मण्डलमा बेलडाँगी र शनिश्चरे स्थित शरणार्थी शिबिरका सचिबहरु क्रमस टिकाराम रसाइली र चम्पसिंह राई, पुर्व शिबिर सचिबहरु युवराज साम्पाङ, राजमान गुरुङ र सुकबहादुर राई लगायत रहेका छन् ।
शरणार्थी टालीले आइतबार पनि अधिकारीहरुसँग भेटघाट जारी राख्ने बताइएको छ । झापा र मोरङका भुटानी शरणार्थी शिविरमा एकहजार छसय ४१ जना दर्ता नभएका भुटानी शरणापेक्षी रहेका छन् । उनीहरु सहायताविहिन हालतमा कष्टपुर्ण जीवन बिताइरहेका छन् ।
पुर्वी नेपालका शरणार्थी शिविरहरुमा नौ हजार पाँचसय २२ जना भुटानी शरणार्थी रहेका छन् । ति मध्ये बेलडाँगीमा सातहजार पाँचसय ९९ र शनिश्चरेमा एकहजार आठसय ९६ जना रहेका छन् । शिबिरहरुबाट हालसम्ममा एकलाख नौ हजार आठसय ४१ जना पुनर्वासमा अमेरिका लगायतका आठ पश्चिमी मुलुकमा गएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here