मिस भूटान सम्पन्न – ताज आरती घिसिंगको शिरमा

0
1532

हिमालयन फेस्टिवल यु.एस.ए. द्वारा बिगत वर्षहरू देखि हरेक साल आयोजन हुदै आएको कार्यकर्म हिमालयन फेस्टिवल अन्तर्गत यो वर्ष पनि अमेरिकाको पेन्सिलभेनिया राज्यको सुन्दर शहर हेरिसबर्गमा मिस भूटान यु.एस.ए. सम्पन्न भएको छ | उक्त सुन्दरी प्रतियोगितामा आरती घिसिंगले अन्य प्रतिस्प्रधीलाई पछि पार्दै बिजेता बन्न सफल भएकी छिन् | जुलार्इ २३, २०१७ मा  उक्त  प्रतियाेगितामा सम्पन्न भएको हो |

१३ जना प्रतिस्पर्धीलाई जितेर उक्त प्रतियाेगितामा नर्थ क्याराेलाइनाकी सुसन्ना प्रधानले पहिलाे उपविजेता र बाह्र जना प्रतिस्पर्धीलाई उछिनेर पेन्सेल्भेनियाकी सिमरन बस्नेतले द्वितीय उपविजेताको ताज पहिरिएका छन् |

यस सन्दर्भमा मिस भूटानलाई भने निक्कै ठूलो चुनौती यस कारण छ कि उनीहरूले ठूलो मंच र अवसरको आशा गर्ने भन्दा पनि आफै अवसर निर्माण गर्नमा आफ्नो मिस भूटान ताजको उपयोग गर्न पर्ने देखिन्छ

|

सुन्दरता के को के होइन ? यसको अनेकन परिभाषाहरू छन् | परिभाषा जे भए पनि सुन्दरता सबैलाई मन पर्दछ |  सौन्दर्य शास्त्रीहरूको अनुसार, हेर्ने दृष्टिकोण र अनुभूति गर्ने मनलाई नै सुन्दरताको मापन गर्ने विशेष आधार हो भनेर भनिएको छ | तथापी यस्ता सुन्दरी प्रतियोगीता मार्फत नारीको सौन्दर्य कसरी मुल्यांकन गरिन्छ भन्ने विषयमा आयोजकले सर्वमान्य नियम र प्रावधानहरू अपनाएका हुदा हुन् |

जे होस्, यस प्रकारका प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीहरूलार्इ ठूलो मंच प्राप्त हुने गर्दछ| देशको नामसँग जोडाएर आयोजना हुने यस प्रकारको ब्युटी प्याजेन्ट प्रतियोगिताहरूको बिजेता र पहिलाे उपविजेताहरुललाई ‘विश्व सुन्दरी’ प्रतियोगीता लगायतका उच्च अवसरहरू प्राप्त हुने गर्द छ | र उनीहरूले समाजलाई समेत समजपयोगी कार्यहरू गरेर गुण लाउने गरेको देखिन्छ | यस सन्दर्भमा मिस भूटानलाई भने निक्कै ठूलो चुनौती यस कारण छ कि उनीहरूले ठूलो मंच र अवसरको आशा गर्ने भन्दा पनि आफै अवसर निर्माण गर्नमा आफ्नो मिस भूटान ताजको उपयोग गर्न पर्ने देखिन्छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here